काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन स्वतन्त्र पूर्वक हुने भएकाे छ । क्रान्तिकारीको निर्वाचनबारे छलफल गर्न मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रियालाई पार्टीबाट प्रभावित नपार्ने भनि छलफल भएकाे हाे ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बैठकमा विद्यार्थीबाहेक अन्य विषयमा छलफल नभएको भन्दै अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टी तटस्थ बस्ने भएकाे बताए । ‘विद्यार्थीको नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा गइसक्यो यसमा पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन । जुन व्यक्तिलाई जुन पदमा उम्मेदवारी दिन मन लाग्छ फ्याक्सन इन्चार्जको समन्वयमा गरेर जान सकिने सुझाव दिएको छ । सबै प्रदेशमा निर्वाचन हुने हुँदा प्यानल बनाएर जाने कुरा पनि हुँदैन । सकभर सहमतिमै नेतृत्व चयन हुने वा निर्वाचन प्रक्रियामा गएपनि पदाधिकारीमा मिलाएर जाँदा हुन्छ भनेर पार्टीले सुझाव दिने कुरा भयो । अब विद्यार्थीहरूको स्वविवेकको कुरा हो । अब कुनै प्रकारकाे हस्तक्षेप हुँदैन’, उनले भने ।
विधानमा देखिएका अस्पष्टता हटाउने, मतपत्र कसरी छाप्ने, ढुवानी कसरी गर्ने भन्ने विषयमा छलफल भएको शर्माले दाबी गरे । बैठक बस्नुअघि विद्यार्थी नेताहरूसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - २०:४६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेका छन् ...
कार्तिक २५ गते, २०८२ - २०:३७
काठमाडौं । सरकारकाे डिजिटल रूपान्तरण यात्रालाई गति दिन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रा...
कार्तिक २५ गते, २०८२ - १९:४०
काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयबारे सञ्चा...
कार्तिक २५ गते, २०८२ - १९:३५
काठमाडौं । नेपाल प्रहरीको ३३ औं नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेपाल प्...
कार्तिक २५ गते, २०८२ - १९:३१
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको ...
कार्तिक २५ गते, २०८२ - १९:२८
वासिङ्टन । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदन...
कार्तिक २५ गते, २०८२ - १९:२५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफल बनाउन स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको सुदृढ समन...
कार्तिक २५ गते, २०८२ - १९:१६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा...
कार्तिक २५ गते, २०८२ - १९:०५
दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् ब...
कार्तिक २५ गते, २०८२ - १८:२१
उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुह...




प्रतिकृया लेख्नुहोस्: