काठमाडौं । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि आयोजना गर्न लागेको सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक सार्वजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा चर्च ब्वाईज फुटबल क्लव र संकटा क्लवबीच खेल हुने छ ।
त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लव, १२ गते पुलिस क्लव र बागमति क्लव र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लवबीच खेल हुने आयोजकले जनाएको छ । लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ । उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको बिकासका साथै खेलाडीहरुलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: