Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

खबरडबली संवाददाता

जेरुसेलम । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो । विस्तारित सूचीमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फताह पार्टीका सशस्त्र शाखाका प्रमुख जकारिया जुबेदी पनि थिए।

सन् २०२१ मा इजरायलको गिल्बोआ जेलबाट अन्य पाँच जना प्यालेस्टिनीसँग जुबेदी भागेको थिए । रिहा हुनेमा प्यालेस्टिनी वामपन्थी सांसद खालिदा जरार पनि हसनुहुन्छ जसलाई इजरायलले गिरफ्तार गरेर कैयौँ पटक जेलमा राखेको थियो ।

जरार इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ द्वारा ‘आतंकवादी सङ्गठन’ घोषित एक समूह प्यालेस्टाइनको मुक्तिको लागि लोकप्रिय मोर्चाको एक प्रमुख सदस्य हो  ।

सन् १९६७ देखि इजरायलले कब्जा गरेको प्यालेस्टाइनी क्षेत्र वेस्ट बैंकमा डिसेम्बरको अन्त्यतिर पक्राउ परेका ६० वर्षीय उनलाई त्यसयता बिना कुनै अभियोग हिरासतमा राखिएको छ ।

हमासनिकट दुई स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार रिहा गरिने बन्धकको पहिलो समूहमा तीन जना इजरायली महिला सैनिक रहेका छन् ।

यद्यपि, प्यालेस्टिनी इस्लामी आन्दोलनले सैन्य उमेरको कुनै पनि इजरायलीलाई सैनिक मान्दछ ।

एएफपीले प्राप्त गरेको पहिलो चरणमा रिहा हुने ३३ बन्धकमध्ये पहिलो तीन जनाको नाम हमास आक्रमणको दिन सैन्य सेवामा नरहेका ३० वर्षमुनिका महिला रहेका छन् ।

न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमासद्वारा रिहा गरिएका जीवित बन्धकहरूको सङ्ख्यामा निर्भर हुने बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...

प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन र रवि लामिछाने २० मिनेटमै बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...

संसद् बैठकमा प्रधानमन्त्री शाह र रवि लामिछानेको प्रवेशलाई लिएर एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...

प्रधानमन्त्री शाह र रवी लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...

संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान

कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...

करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय पुनर्विचार गर्न सांसद राईको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल...

राज्य संयन्त्र दुरुपयोग गरेर अल्गोरिदम फैलाएर जसरी आतंक सिर्जना गरियो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर ‘आतंक’ सिर्जना गरेको आरोप...

प्रधानमन्त्री बालेनलाई सांसद राईले ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending