Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ

खबरडबली संवाददाता

मुम्बई। बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो। 

चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग १ करोड रुपैयाँ मागेका थिए तर उनले दिन इन्कार गरे ।

त्यसपछि अभियुक्तले छुरा प्रहार गरेका थिए । यस हमलामा सैफ गम्भीर घाइते भएका छन् । आरोपीले सैफको पीठ, हात, घाँटी र खुट्टामा जम्मा ६ स्थानमा पटक पटक आक्रमण गरेका थिए । सैफको परिवार, पत्नी करीना कपुर खान, दुवै छोरा तैमुर अली खान र जहाँगीर अली खान सबै सकुशल छन् ।

आक्रमणको समयमा अभिनेताका जेठा छोरा इब्राहिम अली खान अपार्टमेन्टमा उपस्थित थिए। उनले तत्कालै घाइते बुवालाई लीलावती अस्पताल लगेका हुन् । डाक्टरहरूले सैफ अली खानको दुईवटा शल्यक्रिया गरेको जनाएका छन । हाल उनी खतरामुक्त रहेको बताइएको छ । 

यसैबीच, मुम्बई पुलिस र अपराध शाखा टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनलाई पक्राउ गर्न प्रहरीले छापा मारिरहेको छ । समाचार अनुसार ती आक्रमणकारी बिहान १ बजेदेखि २ बजेको बीचमा सैफ–करिनाको घरमा सिँढीबाट प्रवेश गरेका थिए, सुरूमा आक्रमणकारी सैफका छोराछोरी तैमुर–जेहको कोठामा प्रवेश गरेका थिए।

प्रहरीका अनुसार जब आक्रमणकारी तैमुर– जेहको कोठामा प्रवेश गरे, त्यहाँ घरकी अरियामा फिलिप उर्फ ​​लिमा उपस्थित थिइन। घरेलु कामदारका अनुसार अभियुक्तले उनीहरुलाई समातेको थियो । यो देखेर  घरका अरू कामदार चिच्याए । आवाज सुनेर सैफ तुरुन्तै आफ्ना छोराछोरीको स्वास्थ्य जाँच गर्न कोठामा पुगेका मात्र थिए, उनी माथी आक्रामण सुरू भएको थियो । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनको अगाडि चक्कु निकाले ।

जब अभिनेताले आक्रमणकारीलाई सोधे कि तिमी  के चाहन्छौं, आरोपितले सैफसँग पैसा मागे ।

सैफले सोधे,  ‘कति चाहियो ?’

अभियुक्तले जवाफमा भने, ‘एक करोड रुपैयाँ ।’

त्यही बेला घरका कामदार पनि त्यहाँ पुगे । आक्रमणकारीले आफू पक्राउ पर्न सक्ने महसुस गरेपछि उनले सैफमाथि चक्कु प्रहार गरेका थिए । सैफमाथि राति २ः३० बजे हमला भएको थियो । अभिनेताले प्रहरीसमक्ष बयान दिएको बयानमा भनिएको छ ।

सैफ अली खान र करीना कपूर खान आफ्ना छोराहरूसँग मुम्बईको बान्द्राको खारमा रहेको सतगुरु शरण अपार्टमेन्टमा बस्छन्। उनको घर यस भवनको १२ औं तलामा छ। जेहको जन्म हुनु अघि सैफ र करीना बान्द्राको फर्च्युन हाइट्समा बस्दै आएका थिए । यहाँ उनले ११ वर्ष बिताए। जेहको जन्मपछि परिवार सतगुरु शरण अपार्टमेन्टमा सरेको थियो ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending