मुम्बई। बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो।
चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग १ करोड रुपैयाँ मागेका थिए तर उनले दिन इन्कार गरे ।
त्यसपछि अभियुक्तले छुरा प्रहार गरेका थिए । यस हमलामा सैफ गम्भीर घाइते भएका छन् । आरोपीले सैफको पीठ, हात, घाँटी र खुट्टामा जम्मा ६ स्थानमा पटक पटक आक्रमण गरेका थिए । सैफको परिवार, पत्नी करीना कपुर खान, दुवै छोरा तैमुर अली खान र जहाँगीर अली खान सबै सकुशल छन् ।
आक्रमणको समयमा अभिनेताका जेठा छोरा इब्राहिम अली खान अपार्टमेन्टमा उपस्थित थिए। उनले तत्कालै घाइते बुवालाई लीलावती अस्पताल लगेका हुन् । डाक्टरहरूले सैफ अली खानको दुईवटा शल्यक्रिया गरेको जनाएका छन । हाल उनी खतरामुक्त रहेको बताइएको छ ।
यसैबीच, मुम्बई पुलिस र अपराध शाखा टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनलाई पक्राउ गर्न प्रहरीले छापा मारिरहेको छ । समाचार अनुसार ती आक्रमणकारी बिहान १ बजेदेखि २ बजेको बीचमा सैफ–करिनाको घरमा सिँढीबाट प्रवेश गरेका थिए, सुरूमा आक्रमणकारी सैफका छोराछोरी तैमुर–जेहको कोठामा प्रवेश गरेका थिए।
प्रहरीका अनुसार जब आक्रमणकारी तैमुर– जेहको कोठामा प्रवेश गरे, त्यहाँ घरकी अरियामा फिलिप उर्फ लिमा उपस्थित थिइन। घरेलु कामदारका अनुसार अभियुक्तले उनीहरुलाई समातेको थियो । यो देखेर घरका अरू कामदार चिच्याए । आवाज सुनेर सैफ तुरुन्तै आफ्ना छोराछोरीको स्वास्थ्य जाँच गर्न कोठामा पुगेका मात्र थिए, उनी माथी आक्रामण सुरू भएको थियो । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनको अगाडि चक्कु निकाले ।
जब अभिनेताले आक्रमणकारीलाई सोधे कि तिमी के चाहन्छौं, आरोपितले सैफसँग पैसा मागे ।
सैफले सोधे, ‘कति चाहियो ?’
अभियुक्तले जवाफमा भने, ‘एक करोड रुपैयाँ ।’
त्यही बेला घरका कामदार पनि त्यहाँ पुगे । आक्रमणकारीले आफू पक्राउ पर्न सक्ने महसुस गरेपछि उनले सैफमाथि चक्कु प्रहार गरेका थिए । सैफमाथि राति २ः३० बजे हमला भएको थियो । अभिनेताले प्रहरीसमक्ष बयान दिएको बयानमा भनिएको छ ।
सैफ अली खान र करीना कपूर खान आफ्ना छोराहरूसँग मुम्बईको बान्द्राको खारमा रहेको सतगुरु शरण अपार्टमेन्टमा बस्छन्। उनको घर यस भवनको १२ औं तलामा छ। जेहको जन्म हुनु अघि सैफ र करीना बान्द्राको फर्च्युन हाइट्समा बस्दै आएका थिए । यहाँ उनले ११ वर्ष बिताए। जेहको जन्मपछि परिवार सतगुरु शरण अपार्टमेन्टमा सरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: