Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

अनिर्णित वामदेव- एमालेमा जाने कि एकीकृत समाजवादीमा ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्ने’मा दोधारमा छन् । पार्टी प्रवेशका लागि चरणबद्ध छलफलमा रहेका गौतमले समयमै निर्णय गर्न नसक्दा पार्टी प्रवेश गर्ने विषय अन्योल बनेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्न खोजेका गौतमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरे । ओलीले गौतमलाई ल्याउन नचाहेपछि एमालेबाटै विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि चरणबद्ध छलफल भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता र गौतमका बीचमा चरणबद्ध छुट्टाछुट्टै एवं सामूहिक रूपमा छलफल भयो । छलफल सकारात्मक रहेको र गौतम एकीकृत समाजवादीमै प्रवेश गर्ने टुंगोमा पुगिसकेपछि गौतम नेतृत्वको अभियानले कुनै निर्णय नै गर्न सकेन ।

१७ पुसमा गौतमले एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको बताएका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालसँगको संवादपछि गौतमले पार्टी एकता छिट्टै हुने बताएका थिए । ‘समझदारी विकास गरिने भएको छ, यो त एउटा सानो पक्ष हो, यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ,’ गौतमले भनेका थिए, ‘अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं, त्यही दिन बताउँछौं, यसरी पार्टी एकता गर्छौं ।’

त्यसपछि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो । तर, अभियानको बैठकले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने कुनै निर्णय नै गर्न सकेन ।

एकता अभियानका महासचिव डीबी कार्कीले तत्काल एससँग एकता गर्ने विषयमा कुनै निर्णय नभएको बताए । ‘एकीकृत समाजवादीसँगको एकता प्रक्रिया’ गम्भीर छलफल भयो,’ एकता अभियानका महासचिव कार्कीले भने, ‘हामी वाम एकताको पक्षमा छौं, त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेव गौतमको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो ।’

एकीकृत समाजवादीसँग पार्टी एकता गर्न अन्तिम चरणमा पुगेर गौतम पुनः एमालेमै फर्किने रणनीतिका साथ अघि बढे । एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका वामपन्थी दलहरूसँग पार्टी एकताका लागि छलफल गर्ने निर्णय अभियानले गरेपछि अहिले गौतम कुन पार्टीमा जाने भन्ने अन्योलमा परेको देखिन्छ ।

एकीकृत समाजवादीले गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउन तयार थियो । तर, गौतमले संगठन विभाग नपाएको र जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा समाजवादी कार्यदिशा बनाउनुपर्ने आफ्नो माग नसुनिएको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेका हुन् ।

‘उहाँ (गौतम)लाई तेस्रो वरीयताको वरिष्ठ नेता दिने र अरू नेताको पनि व्यवस्थापनको विषयमा लगभग टुंगो भइसकेको थियो, त्यहीबीचमा गौतमले संगठन विभाग प्रमुख पनि खोज्नुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘यहाँ मिलाउनलाई त महासचिवलाई नदिई अरूलाई नै संगठन बिभाग दिनुपरेको छ ।’

एकीकृत समाजवादीसँग पार्टी एकता नगर्नुको अर्को कारण गौतमले भित्रभित्रै एमाले प्रवेशका लागि छलफल थालेका छन् । एकीकृत समाजवादीसँग एकताको चर्चा सार्वजनिक रूपमा हुन थालेपछि एमालेका नेताहरूले गौतमसँग अनौपचारिक छलफल सुरु गरे । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले त्यसपछि पुनः एमालेमै फर्किने ’boutमा नेताहरूसँग छलफल थाले । तर, ओलीको सहमति नभई गौतम एमालेमा फर्किने सम्भावना कम छ ।

एमालेको (२१ देखि २३ पुस)मा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेपछि त्यसैको निहुँ बनाएर गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश नगर्ने निष्कर्षमा पुगेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए । पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँत्याउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले कहिले एमाले त कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चाहना व्यक्त गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending