Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

अनिर्णित वामदेव- एमालेमा जाने कि एकीकृत समाजवादीमा ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्ने’मा दोधारमा छन् । पार्टी प्रवेशका लागि चरणबद्ध छलफलमा रहेका गौतमले समयमै निर्णय गर्न नसक्दा पार्टी प्रवेश गर्ने विषय अन्योल बनेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्न खोजेका गौतमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरे । ओलीले गौतमलाई ल्याउन नचाहेपछि एमालेबाटै विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि चरणबद्ध छलफल भयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता र गौतमका बीचमा चरणबद्ध छुट्टाछुट्टै एवं सामूहिक रूपमा छलफल भयो । छलफल सकारात्मक रहेको र गौतम एकीकृत समाजवादीमै प्रवेश गर्ने टुंगोमा पुगिसकेपछि गौतम नेतृत्वको अभियानले कुनै निर्णय नै गर्न सकेन ।

१७ पुसमा गौतमले एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको बताएका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालसँगको संवादपछि गौतमले पार्टी एकता छिट्टै हुने बताएका थिए । ‘समझदारी विकास गरिने भएको छ, यो त एउटा सानो पक्ष हो, यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ,’ गौतमले भनेका थिए, ‘अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं, त्यही दिन बताउँछौं, यसरी पार्टी एकता गर्छौं ।’

त्यसपछि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो । तर, अभियानको बैठकले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने कुनै निर्णय नै गर्न सकेन ।

एकता अभियानका महासचिव डीबी कार्कीले तत्काल एससँग एकता गर्ने विषयमा कुनै निर्णय नभएको बताए । ‘एकीकृत समाजवादीसँगको एकता प्रक्रिया’ गम्भीर छलफल भयो,’ एकता अभियानका महासचिव कार्कीले भने, ‘हामी वाम एकताको पक्षमा छौं, त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेव गौतमको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो ।’

एकीकृत समाजवादीसँग पार्टी एकता गर्न अन्तिम चरणमा पुगेर गौतम पुनः एमालेमै फर्किने रणनीतिका साथ अघि बढे । एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका वामपन्थी दलहरूसँग पार्टी एकताका लागि छलफल गर्ने निर्णय अभियानले गरेपछि अहिले गौतम कुन पार्टीमा जाने भन्ने अन्योलमा परेको देखिन्छ ।

एकीकृत समाजवादीले गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउन तयार थियो । तर, गौतमले संगठन विभाग नपाएको र जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा समाजवादी कार्यदिशा बनाउनुपर्ने आफ्नो माग नसुनिएको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेका हुन् ।

‘उहाँ (गौतम)लाई तेस्रो वरीयताको वरिष्ठ नेता दिने र अरू नेताको पनि व्यवस्थापनको विषयमा लगभग टुंगो भइसकेको थियो, त्यहीबीचमा गौतमले संगठन विभाग प्रमुख पनि खोज्नुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘यहाँ मिलाउनलाई त महासचिवलाई नदिई अरूलाई नै संगठन बिभाग दिनुपरेको छ ।’

एकीकृत समाजवादीसँग पार्टी एकता नगर्नुको अर्को कारण गौतमले भित्रभित्रै एमाले प्रवेशका लागि छलफल थालेका छन् । एकीकृत समाजवादीसँग एकताको चर्चा सार्वजनिक रूपमा हुन थालेपछि एमालेका नेताहरूले गौतमसँग अनौपचारिक छलफल सुरु गरे । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले त्यसपछि पुनः एमालेमै फर्किने ’boutमा नेताहरूसँग छलफल थाले । तर, ओलीको सहमति नभई गौतम एमालेमा फर्किने सम्भावना कम छ ।

एमालेको (२१ देखि २३ पुस)मा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेपछि त्यसैको निहुँ बनाएर गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश नगर्ने निष्कर्षमा पुगेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए । पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँत्याउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले कहिले एमाले त कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चाहना व्यक्त गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षमान पुनसँग वार्ता- प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै सं...

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

बागमती । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्था...

भूमि अध्यादेशमा सहमति खोज्न सत्तापक्षीय ७ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ ७ दलका प्रमुख सचेतकहरूको बैठक बस्दैछ। भूमि अध्यादेशबारे सहमति जुटाउनको लागि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेक...

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभर...

कालीमाटीमा रायो साग प्रतिकेजी १५ रुपैयाँ, पालुङ्गोको कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ।शनिबार राति भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको भारतीय...

प्रतिनिधि सभा बैठक- आज सांसदहरूको प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ।...

टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आज भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । कावासोती नगरपालि...

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा...

पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।  कोखेभिर र धौल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy