Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

समाजवादी माेर्चाका चार दल पार्टी एकता गर्न सकारात्मक

खबरडबली संवाददाता

काठमाडौं । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू पार्टी एकता गर्नकाे लागि सकारात्मक भएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकमा एकता गर्न माेर्चामा आबद्ध दलहरु सकारात्मक बनेका छन् ।

माेर्चाकाे बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले वामपन्थीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबैकाे एक स्वर भएकाे बताए । उनले भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ । समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने अवस्था आएकाे छ । यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक बनेका छौँ ।

नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (नेत्रबिक्रम चन्द) र नेपाल समाजवादी पार्टीकाेबीच एकताकाे सम्भावना बढेकाे पनि बताए । उनले भने, ‘वामपन्थीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबै एकमत छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ । समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने आजको आवश्यकता छ । यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक छौँ । प्रचण्डजी, माधवजी र विप्लवजीको पनि ढिलोचाँडो वामपन्थी शक्ति निर्माण गर्नेमा विमति छैन’, यादवले भने ।

हिजो बसेको चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदलले बिभिन्न कार्यक्रम गर्ने निर्क्यौल निकालेका थिए । जसलाइ आजको बैठकले अनुमोदन गरेकाे छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाबाट भएका विगतको अभ्यास, गतिविधिबारे गम्भीर समीक्षा गरी वामपन्थी शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरण गर्ने विषयमा साझा धारणा बनेको बताए ।

‘सुरुमा मोर्चाको गतिविधि रफ्तारमा अगाडि बढेको थियो । क्रान्तिकारी कम्युनिस्टहरूको गोलबन्धले केही हुन्छ भन्ने आम जनतामा प्रभाव परेको थियो । बिचमा मोर्चाको गति अलि धिमा भयो’, उनले भने, ‘यी सबै विषयमा आज गम्भीर समीक्षा भएको छ । ठुलो वामपन्थी शक्ति निर्माण गरेर जाने विषयमा चारवटै पार्टीको सकारात्मक धारणा आएको छ । माघ १६ गते काठमाडौँमा हुने कार्यक्रमले जनतामा सकारात्मक सन्देश प्रवाह हुनेछ ।’

नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पनि वामपन्थी शक्तिहरू एक्लाएक्लै हिँड्नुभन्दा एउटै समाजवादी केन्द्र निर्माण गरेर जाऊँ भन्नेमा प्रचण्ड, माधव, विप्लव सकारात्मक देखिएको बताए । विगत १९ महिनादेखि एउटै मोर्चामा सहकार्य गर्दै आएका माधवलाई पार्टी एकताका लागि प्रचण्डले पहिले नै प्रस्ताव राखेका थिए । तर वैचारिक, सैद्धान्तिक तथा सांगठनिक रूपमा स्पष्ट नभएसम्म पार्टी एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहेको बताइएकाे छ । 

मंसिरको पहिलो हप्ता बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले तत्काल माओवादीलगायत अन्य वामपन्थी शक्तिसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको थियो । तर विचार मिल्ने दलसँग भविष्यमा हुने एकताका लागि ढोका खुलै राखेको थियो । यता नेसपा र नेकपाले यसअघि नै माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका छन् । 

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली सरकारविरुद्ध सदन र सडक दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव राखेका छन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर रहेको, सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको सहभागी एक नेताले बताए । 

‘हामी अहिले संसदमा छैनौँ । मोर्चाका तीन दल संसदमा हुनुहुन्छ । अध्यादेशमार्फत ओलीजीले शासन गर्न खोज्नुभएको छ । त्यसलाई प्रतिवाद गर्नुपर्छ । तपाईंहरू संसद् तताउनोस्, हामी सडकमा साथ दिन्छौँ ।’ विप्लवले भने । मोर्चाले यही माघ १६ गते काठमाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय पनि गरेकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending