काठमाडाैं। आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु अघि नै आफ्ना सर्तहरू निर्मातालाई सुनाउँथे कि कम्तिमा किस सिन नहोस ।
यस्तै एक अभिनेत्री थिइन, जसले ९० को दशकमा राज गरेकी थिइन् तर चुम्बन दृश्यको विरुद्धमा भने खरो उभिएकी थिइन् । यी अभिनेत्रीले ९० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानदेखि अजय देवगनजस्ता स्टारहरूसँग अन स्क्रिन रोमान्ससमेत गरेकी थिइन तर चुम्बन बिना । यी अभिनेत्री हुन्–पद्मश्री पुरस्कार विजेता रविना टण्डन ।
रविना टण्डनले आफ्नो अभिनय करियरको सुरुवात सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’बाट गरेकी थिइन् । स्टार किड भए पनि आफ्नो क्षमताको बलमा उनले उद्योगमा नाम कमाउन सफल भएकी थिइन । उनले काम पाउनका लागि नै भनेर पर्दामा कुनै अन्तरंग दृश्य गरिनन् । तर, एक पटक सुटिङको क्रममा अचानक उनको ओठ एक कलाकारलाई चुमिदियो । यो घटनाले उनलाई निकै हतास बनायो ।
लेहरेन रेट्रोलाई दिएको एक अन्तर्वार्तामा केजीएफः२ अभिनेत्री रविना टण्डनले उक्त घटनाको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले सुटिङको क्रममा एक्कासी ती कलाकारले आफ्नो ओठ छोएको बताइन् । यो भुलबस थियो तर अभिनेत्री टन्डनलाइ भने निकै असहज भयो। अभिनेत्रीले भनिन, ‘मलाई याद छ कि मैले एक पुरुष अभिनेतासँग थोरै रफ ह्यान्डलिंग दृश्य गरिरहेको थिएँ र मलाई याद छ कि भुलवश उनको ओठले मेरो ओठ छोयो। यो भूलवश भयो, त्यसको कुनै आवश्यकता थिएन। यो एक गल्ती थियो। म मेरो कोठामा गएँ र टन्नै वान्ता गरें किनभने मलाई कुनै पनि आराम थिएन। शट सकियो र म वाकवाकी महसुस गर्दै माथिल्लो तलामा गएँ।
उनले अगाडी भनिन, ‘मैले सहनै सकिनँ। अनि मैले रिसाएर भने, ‘कृपया आफ्नो दाँत माझ्नुहोस्, आफ्नो मुख सय पटक धुनुहोस्।’
रविना टण्डनले यो घटनापछि पुरुष अभिनेताले पनि आफूसँग माफी मागेको र अभिनेत्रीले उनलाई माफी दिएको पनि जनाइन । उनले भनिन, ‘यदि मलाई केहि गर्न सहज छैन भने त्यो म यो गर्दिन। उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । उहाँ धेरै क्षमाप्रार्थी हुनुहुन्थ्यो र मैले यो गल्ती गरे भन्नुभयो।’
रविना टण्डनले खुलासा गरेकी थिइन् कि त्यतिबेला नो–किसिङ नीतिको लागि कुनै सम्झौता गरिएको थिएन् तर पनि उनले त्यसो कहिल्यै गरिनन् । यसबाट उनी सहजै भइनन् । यद्यपी अभिनेत्रीले उनको ओठमा चुम्बन गर्ने कलाकारको नाम भने खुलाउन अस्विकार गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: