काठमाडौं ।
‘ए सिउँदो भरेर
जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर
जन्ती अघि पछाडी घोडा चढेर...’
थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक तथा दोहोरी गायक प्रकाश कटुवाल यस्तो शब्दसहित आफ्नो नयाँ गीत ‘घोडा चढेर’ लिएर दर्शकमाझ आएका छन् । यो गीतको भिडियोलाई गायक कटुवालले आफ्नै प्रकाश कुटवाल अफिसियल युट्युव च्यानलबाट रिलिज गरेका हुन् ।
काँठो भाकाको यो गीत निकै रमाईलो छ । यो गीत रोमाञ्चकसँगै नृत्य प्रधान शैलीमा तयार गरिएको छ । गीतमा गायक प्रकाश कटुवाललाई महिला स्वरमा गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन् ।
माघ महिना सुरु हुँदैगर्दा अविवाहितका लागि गीतबाटै विवाहको प्रस्ताव राख्न सहज होस भनेर यो रमाईलो गीत सार्वजनिक गरिएको गायक प्रकाश कटुवालले बताएका छन् । गीतमा मन परेको प्रेमीकालाई घोडा चढेर जन्तीसहित आएर केटाले लाने कुरा गरिएको छ ।
यो माधुर्य गीतलाई विनोद ढकालले लेखेका हुन् । गीतमा संगीत भने गायक प्रकाश कटुवाले नै सृजना गरेका छन् । यो गीतमा संगीत सँयोजन कमल सुरागको छ भने कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।
विवाहको लागि सजाईएको जस्तो सुन्दर देखिएको घरको आँगनमा बसेर दोहोरी खेल्दै यो गीतको भिडियोलाई त्यत्तिकै रमाईलो बनाईएको छ । गीतमा केटाले केटी पक्षलाई बेहुली बन्न प्रस्ताव राखिएको छ । तर केटी पक्षले विभिन्न बहाना गरेको देखिन्छ । गायनसँगै मोडलहरुको नृत्य आकर्षक बनेको छ ।
यो गीतको भिडियोलाई काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन मा काजिश गरेका हुन् । जसमा काजिश श्रेष्ठसँगै लोमस शर्मा, गीता ढुंगाना र यशु भट्टराइको मुख्य भूमिका रहेको छ । गीतको भिडियोमा अन्य कलाकारको पनि नृत्य एवम् अभिनय रमाईलो छ ।
गीत घोडा चढेरको भिडियोमा दुर्गा पौडेलको छायांकन, दिपक विष्टको सम्पादन रहेको, सरिता मगरको सृंगार रहेको छ । गीत र भिडियोलाई स्मृति म्युजिक प्रा.लि.ले निर्माण गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: