काठमाडौं । सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका– ९ (हालको ठेगाना राजदेवी नगरपालिका–९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन्।
जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठकाअनुसार व्यक्ति हत्यापछि धर्म र नामसमेत परिवर्तन गरेर सिंह सर्लाहीमा लुकिछिपी बस्दै आएका थिए। ‘कर्तब्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० वर्ष कैद तोकिएका सिंहलाई हामीले सर्लाहीको चक्रघट्ट गाउँपालिका–४ सुन्दरपुरबाट यही पुस २६ गते पक्राउ गरेका हौँ,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि आइतबार रौतहट जिल्ला अदालतमा बुझाइएका छौँ।’
रौतहटमा व्यक्ति हत्यापछि फरार रहेका उनी सर्लाहीको चक्रघट्टमा घरबारसहित बस्दै आएको खुलेको छ। यसबीचमा उनले कानुनी कारबाहीबाट जोगिन धर्म र आफ्नो नामसमेत परिवर्तन गरेको पाइएको छ।
‘उनी चक्रघट्टमा धर्म र नामसमेत परिवर्तन गरेर लुकिछिपी बस्दै आएको सूचनापछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो,’ डीएसपी श्रेष्ठले भने।
१६ वर्षको उमेरमा व्यक्ति हत्या गरेपछि फरार रहेका उनले अहिले आफूलाई महमद सेराजको रुपमा चिनाउँदै आएका थिए। ‘यही नामबाट उनले नागरिकता पनि बनाएका रहेछन्। मतदाता परिचय पत्रमा पनि यही नाम लेखिएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘रौतहटमा व्यक्ति हत्यापछि सर्लाही बस्दै आएका उनले यसबीचमा दुईवटा विवाह गरेको पाइएको छ।’
उनकी पहिली पत्नी सलिना खातुनबाट ६ सन्तानको जन्म भएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। ‘उनकी पहिली पत्नी र तिनका सन्तान हाल काठमाडौँतिर बस्दै आएका स्थानीयले बताएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘पहिली पत्नीसँग मनमुटाव भएपछि उनले गाउँकै सफिना खातुनसँग दोस्रो विवाह गरेछन्। उनीबाट पनि चार सन्तान भइसकेको छ।’
सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: