Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

मनाङमा वर्षकै पहिलो हिमपात हुँदा किसान खुसी

फइल तस्विर
खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने गरेको थियो । यो वर्ष पुसको अन्तिम साता मात्र हिउँ परेको हो ।

कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडा अहिले हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१, पिसाङका किसान मुखिया गुरुङले सुनाए । ढिला गरी हिउँ पर्दा खुसी लागेको उनले बताए । उनले भने, “भारी हिमपात नभए पनि सुरुआत भएको छ, यसले केही आशा जगाएको छ ।”

आफूले गरेको कृषिजन्य उत्पादनले दुई महिना मात्र खान पुग्ने उनले उल्लेख गरे । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ ।

किसानका अनुसार, हिउँ परेपछि यार्सागुम्बा, नीरमसी, पाँचऔँले, चिराइतोलगायत बहुमूल्य जडीबुटीको उत्पादन बढ्छ । तल्लो भागमा परेको हिउँले खेतीपातीका निम्ति मलका रूपमा काम गर्छ । दुई हप्ताअघि मात्र सिँचाइ गरेका चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताए ।

नासो गाउँपालिका–८,  ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए । उनले भने, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्न आउने ? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो ।” उनका अनुसार, हिउँ पर्दा पर्यटक बढ्छन् । हिमाली सौन्दर्य रहिरहन्छ ।

जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन् । अन्नपूर्ण, गंगापूर्ण, लमजुङलगायत हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए पनि तल्लो भूभागमा अझै हिउँ पर्ने संकेत नदेखिएको नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनले सुनाए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...

सर्वोच्च पुगेर अवहेलना मुद्दाको तारिख बुझ्दै फर्किए बालेन

 काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...

चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...

सिन्धुपाल्चोक–१ नेेकपाका उम्मेदवार सापकाेेटाको “विद्यालयमा सांसद, संसदमा विद्यार्थी” अभियान

सिन्धुपाल्चोक । नेकपाकाे  तर्फबाट  सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका  मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...

बागलुङमा स्कूल बस दुर्घटना हुुुँदा २३ विद्यार्थी घाइते

बागलुङ   । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...

लुकुमलाई ‘नमूना गाउँ’ बनाउने प्रचण्डको प्रतिबद्धता

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...

भक्तपुर–२ को चुनावी रंगमञ्चः नेकपाका रामप्रसाद सापकोटासहित ३२ उम्मेदवारको भिडन्त

भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...

निषेधाज्ञामाथि लिङदेनको आपत्ति: “चुनाव जोगाउन कि बिथोल्न?”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE