काठमाडौं । सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी अध्यादेश जारी गर्ने निर्णय गरेकोमा नागरिक समाजका अगुवाले गम्भीर आपत्ती जनाएका छन् । संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि सदनको बैठक नडाकेर सरकारले तीन वटा अध्यादेश एकसाथ जारी गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन, भूमिसुधार कानुन संशोधन र लगानीसम्बन्धी कानुनमा संशोधन गर्ने अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
यसअघि पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिशमा सहकारी सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी गरेका थिए । संसद्मा बलियो संख्या भएका नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले संसदलाई छलेर अध्यादेशको सजिलो बाटोबाट सरकार चलाउन खोजेकामा नागरिक समाजले आपत्ती जनाएको हो । यस खाले प्रवृत्तिले संसदीय प्रजातन्त्रलाई बलियो नबनाउने भन्दै उनीहरुले विधिको शासनको पक्षमा उभिन सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।
यसका साथै मुलुकको शासकीय संयन्त्रमा फैलँदो भ्रष्टाचारको जालोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने गरी ल्याउन लागिएको विधयेकप्रति पनि खबरदारी गरेका छन् ।
हरेकजसो सरकारले मलजल गर्दै लगेको दण्डहीनताका कारण मुलुक डरलाग्दो अराजकताको बाटोमा फस्दै गएको भन्दै उनीहरुले संक्रमणकालीन न्यायलाई तत्काल टुंगो पुर्याउने गरी पीडित र सरोकारवालासँगको सहमतिमा संयन्त्रहरु निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।
राज्यका सबैजसो निकायमा बिचौलियाको प्रभाव बढेकामा चिन्ता ब्यक्त गर्दै उनीहरुले नागरिकमा बढेको निराशा समयमै चिर्न नसके राजनीतिक दलहरुलाई भारी पर्नसक्ने चेतावनी दिएका छन् । यसरी आफ्ना धारणा राख्नेमा प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठूरी, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्षहरु प्रेमबहादुर खड्का, शेरबहादुर केसी, वरिष्ठ पत्रकार युवराज घिमिरे, मानवअधिकारवादी चरण प्रसाईं, डा. चोपलाल भुषाल, जवाफदेहीता निगरानी समितिका सहसंयोजक राजन कुईंकेल, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सञ्जिब तिवारी, डा. भुपेन्द्र वस्नेत, डा. बद्री रिजाल, लक्ष्मीकिशोर सुवेदी, रमेशकुमार जोशी, बिन कुमार विश्वकर्मा, एसके नेपाललगायत थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - २०:४६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेका छन् ...
कार्तिक २५ गते, २०८२ - २०:३७
काठमाडौं । सरकारकाे डिजिटल रूपान्तरण यात्रालाई गति दिन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रा...
कार्तिक २५ गते, २०८२ - १९:४०
काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयबारे सञ्चा...
कार्तिक २५ गते, २०८२ - १९:३५
काठमाडौं । नेपाल प्रहरीको ३३ औं नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेपाल प्...
कार्तिक २५ गते, २०८२ - १९:३१
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको ...
कार्तिक २५ गते, २०८२ - १९:२८
वासिङ्टन । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदन...
कार्तिक २५ गते, २०८२ - १९:२५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफल बनाउन स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको सुदृढ समन...
कार्तिक २५ गते, २०८२ - १९:१६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा...
कार्तिक २५ गते, २०८२ - १९:०५
दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् ब...
कार्तिक २५ गते, २०८२ - १८:२१
उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुह...




प्रतिकृया लेख्नुहोस्: