हुम्ला । सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको बेरुजु आठ आर्थिक वर्षमा नौ करोडभन्दा बढी देखिएको छ । बर्सेनि बेरुजु आकार घटाउनेतर्फ गाउँपालिकाले ध्यान दिन नसक्दा वृद्धि हुँदै गएको हो।
बेरुजुमा शून्य सहनशीलताको नीति लिएको सिमकोट गाउँपालिकाले महालेखाको पछिल्लो लेखा परीक्षण प्रतिवेदन ०८०/८१ ले हालसम्मको बेरुजु रकम नौ करोड २४ लाख दुई हजार ४ सय १५ रुपैयाँ औँल्याएको छ।
यो बेरुजु रकम ०७३/०७४ यताको आठ आर्थिक वर्षको हो। अघिल्लो आर्थिक वर्ष ०७९/०८० सम्ममा सिमकोट गाउँपालिकाको सात करोड ३७ लाख ५७ हजार ३८४ रपियाँ थियो। महालेखाले आर्थिक वर्ष ०८०/०८१ मा थप एक करोड ८५ लाख ४५ हजार ३१ रुपियाँ औल्याएको छ। यद्यपि लेखा परीक्षण कै क्रममा बीस लाख २७ हजार ७८४ रुपियाँ भने गाउँपालिकाले सम्परीक्षण गरेको छ।
अब बाँकी सिमकोट गाउँपालिकाको बेरुजु रकम नौ करोड तीन लाख ७४ हजार ६३१ रुपियाँ रहेको छ। महालेखाले औल्याएको बेरुजु मध्य असुल उपर गर्ने र सैद्धान्तिक बेरुजु रहेको सिमकोट गाउँपालिकाका लेखा अधिकृत बिशाल बोहराले बताए।
असुलउपर गर्ने बेरुजुका लागि गाउँपालिकाले पत्राचार गरि सकेको बताउदै उनले सम्परीक्षण गर्न सकिने बेरुजुका लागि सबैले सहयोग गर्न आवश्यक रहेको जानकारी दिए। बेरुजु कम गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता र निर्माण ब्यवसायीको सहयोग आवश्यक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: