Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

काठमाडौं अदालतमा रबि लामिछानेको सकियो बयान

खबरडबली संवाददाता

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही बेर अघि सकिएको हो, अब उनको थुनछेक बहस सुरू हुनेछ । अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेको बयान दिन सुरू गरेका थिए ।अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका भने थिएनन् । 

जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि शुक्रबार राती मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

 अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइरहेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी दालतमा हाजिर भएका थिए ।


उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीमा माओवादी सक्रियताः ०७९ मा चौथो भएकाे दल आगामी निर्वाचनमा पहिलो बन्ने लक्ष

काठमाडाैं  । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको सुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने यो ...

राज्य आतंककाे पराकाष्ठाः किराँत चुम्लुङ हिमको कार्यालयमा मध्यराति प्रहरी

काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसम...

सुनको मूल्य तोलामा १२ सय बढ्यो, चाँदीको कति ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपै...

बलेफी हाइड्रोपावरको करिब १८ लाख कित्ता सेयर लिलामी खुला

काठमाडौ । बलेफी हाइड्रोपावरले आज सोमबारदेखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेहको हो...

चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा दुई किशोरले गरे ११ वर्षीय बालकको हत्या

सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेला भएको विवादका क्रममा ११ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ । दुल्लु नगरपालिकाका ती बालकको सोह...

आम्दानीको राम्राे स्रोत बन्दै भोजपुरका किसानको रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...

कोभिड भ्याक्सिन नलिएका शुक्रकीट दाताकाे खाेजी

काठमाडौं । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको ब...

कर्णाली उत्सव भोलीबाट सुरु हुने

सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...

भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निय...

हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता

काठमाडौं। रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy