सुनसरी । पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्रीमियर गरिएको छ । इटहरीमा रहेको प्रिमियर होटल स्कुलको सभाहलमा आयोजना गरिएको म्युजिक भिडियो प्रीमियर कार्यक्रममा कोशी प्रदेशका संगीत, साहित्य र चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
उपस्थित अतिथिहरुले म्युजिक भिडियो निर्माण युनिटलाई शुभकामना व्यक्त गरे । सिलाम साक्मा प्रोडक्सन हाउसको ब्यानरमा तयार भएको ‘जङ्गली काँडा’लाई बारत लिम्बूको निर्देशनमा तयार गरिएको हो । होम स्टेमा आएको पाहुनाले आफूले मन पराएको मान्छेमाथि नजर लगाएपछि देखिएको संका र आक्रोश भिडियोमा समावेश गरिएको छ ।
साँचो प्रेम कहिले पनि टुट्दैन भन्ने उदाहरण समेत भिडियोले दिन खोजेको छ । सार्वजनीक भिडियोमा बादल र सुरेन्द्रको अलावा क्रिस गुरुङ र तुल्सा सारुमगरले समेत मुख्य भूमिकामा अभिनय गरेका छन् । नन्दु गुरुङको स्वरमा रहेको फिल्मको गीतलाई कुमार गुरुङले लेखेका छन् भने उनैले संगीतवद्ध गरेका छन् । उक्त गीतको संगीत संयोजन काव्य रेकर्ड्सका अशोक थापाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
सार्वजनीक भिडियोमा सिनेमाटोग्राफी सुमन तामाङको रहेको छ भने सहायक क्यामेराम्यान देवराज सिग्देल हुन् । फिल्मको सम्पादन विकास धमलाले गरेका छन् । भिडियोको पोस्टर डिजाइन्स अर्जुन खड्काको रहेको छ । कोशी भिजन फिल्म्समा प्रि(प्रोडक्सन गरिएको भिडियोलाई बूढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ । सार्वजनीक पश्चात भिडियोले सकारात्मक प्रतिक्रया बटुलिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: