काठमाडौं । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत शनिबारको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध एक सय २१ रनको फराकिलो अग्रता लिएको छ ।
वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा शनिबार भएको खेलमा फलो अनमा रहेको मधेशले दोस्रो इनिङ्समा विना विकेटको क्षतिमा दुई रनमा अविजित छ । मधेशका हिमान्शु दत्त र मायन यादव अविजित छन् । मधेशले आइतबार यही अवस्थाबाट दोस्रो दिनको सुरुवात गर्नेछ ।
पहिलो इनिङ्समा एक सय दुई रनमा अलआउट भएको मधेशले फलो अनको सामना गर्नुपरेको हो । मधेशका लागि कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मायन यादवले ११ र प्रदीप पासवानले १० रन बनाए । बलिङमा आर्मीका शाहब आलमले ६ विकेट लिए । यस्तै सोमपाल कामी, बसिर अहमद र पवन कार्कीले एक एक विकेट झारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २२५/९ को स्थितीमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन बनाए ।
उनले ९८ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै भीम सार्कीले ५२ र इम्रान शेखले ४२ रन बनाए । बलिङमा मधेशका रञ्जित कुमारले पाँच विकेट लिए । प्रदीप पासवानले दुई तथा अभिषेक तिवारी र हरिशंकर साहले एक एक विकेट झारे ।
यसैगरी जनकपुरमा भएको खेलमा शनिबारको खेल सकिँदा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ९५ रनको अग्रता लिएको छ । दोस्रो इनिङ्स खेल्दै बागमतीले चार ओभरमा विना विकेटको क्षतिमा आठ रन बनाएको छ । बागमतीका इशान पाण्डे र रित गौतम अविजित छन् ।
यसअघि नेपाल पुलिस क्लब आफ्नो पहिलो इनिङ्समा ४५.५ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १५ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठ र अर्जुन साउदले अर्धशतकीय इनिङ्स खेले । अमितले सर्वाधिक ७९ र अर्जुनले ७७ रन बनाए । गुलशन झाले १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । नन्दन यादव र प्रतिश जिसीले दुई दुई तथा रिजन ढकालले एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: