Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डढेलो सामू निरीह अमेरिका, किन भयानक भयो आगो ?

खबरडबली संवाददाता

काठमाडौं । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ ।

प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले जनाएको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेर नष्ट भएका छन् ।

हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ । स्वीमिङ पुलबाट समेत पानी ओसारेर आगो निभाउने प्रयास भने गरिएको छ ।

हालसम्म आगलागीबाट ५ जनाको मृत्यु भइसकेको छ भने हजारौं व्यक्तिहरु विस्थापित भएका छन् । बीबीसीले कम्तिमा एक लाख जना व्यक्ति घर छाड्न बाध्य भएको जनाएको छ ।

आगो १७ हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरुले बताएका छन् । हलिउड हिल्स पनि डढेलोको चपेटामा परेको छ । कयौं फिल्म स्टारहरुको घर पनि आगोमा जलेको छ । डढेलोको विपत्तीका कारण ओस्कार अवार्डको नोमिनेसन पनि प्रभावित भएको छ । १७ जनवरीदेखि सुरु हुने भनिएको नोमिनेसन दुई दिनपछि सारिएको छ ।

अमेरिकाको लसएन्जलसमा डढेलो बस्तीमा पसेर विपत्ती परेका बेला लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भनिएको छ ।

किन भयानक भयो आगलागी ?

बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् । पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा ।

बीबीसीका पर्यावरण सम्वाददाता मेट म्याकग्राथका अनुसार क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर सुकेका छन् । जंगलका रुखहरु पनि सुकेका छन् । त्यसले इन्धनको काम गरेको छ ।

यस मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । तर एक दशकयता पनि यो क्षेत्रमा खतरनाक ढंगको हावा चलेको बीबीसीले जनाएको छ ।

हावाको वेगले आगोलाई छिटो जताततै फैलाउन मद्दत गरेको बताइएको छ । विगतमा पनि डढेलो लाग्ने गरे पनि पहाडी क्षेत्रमा मात्र सीमित हुन्थ्यो । अहिले भने तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बताइएको छ ।

अमेरिकाका जलवायु विज्ञहरुका अनुसार अझै पनि तीव्र हावा चल्ने सम्भावना रहेकाले आगो अझै फैलिने सम्भावना छ । जलवायु अध्येता ड्यानियल स्वेनले सामाजिक सन्जालमा लेखेका छन्, ‘शहरी क्षेत्रमा अझै आगो फैलिने आशंका छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending