काठमाडौं । भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सङ्क्रमण दक्षिण भारतीय राज्य कर्नाटकमा देखिएको हो।
त्यहाँको बेंगलुरुको एउटा अस्पतालमा आठ महिनाकी बालिकामा संक्रमण पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन्। यो भाइरस नयाँ वर्षको सुरुवातमा नै चीनमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रभावित पारेपछि चर्चामा छ।
एचएमपीभी भाइरस श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्ने खालको भाइरस हो, जसले मौसमी फ्लूको जस्तै लक्षणहरू देखाउँछ। विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू यसको संक्रमणबाट बढी प्रभावित हुन सक्छन्।
सन् २००१ मा नेदरल्याण्ड्समा पत्ता लागे पनि २४ वर्ष बितिसक्दा पनि एचएमपीभीको खोप विकास भएको छैन। यो भाइरस सबै उमेरका मानिसहरूलाई संक्रमण गर्न सक्छ, तर वृद्ध र साना बालबालिकालाई धेरै असर गर्दछ।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउँदा सङ्क्रमण सर्न सक्छ। नाकबाट पानी बग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकान लाग्नु, खोकी लाग्नु, ज्वरो आउनु वा चिसो लाग्नु जस्ता लक्षणहरू रहेका छन्।
जानकारहरूका अनुसार यसले श्वासप्रश्वास र फोक्सोको नलीमा सङ्क्रमण गर्छ, जसकारण खोकी लाग्ने र सास फेर्न गाह्रो हुने गर्छ। यसबाट बच्न कोभिड–१९ जस्तै सामाजिक दूरी कायम राख्नुपर्छ।
कुनै पनि सङ्क्रमित व्यक्तिबाट टाढा रहनु वा मास्क प्रयोग गर्नु राम्रो हुन्छ। नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नु लगायतका उपायहरू अपनाउनुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: