Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कार्टरको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा लगियो

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद भवनमा ल्याइएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरुको उल्लेख्य उपस्थिति देखिएको थियो । 

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट विदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुनेगरेको छ । उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसदमा (युएस क्यापिटल) मङ्गलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ । प्रसारणकर्ता पीबीएसले लाइभ प्रशारणमा सर्वसाधारणले भवनहरुको छत, झ्याल र कौसीबाट दिवङ्गत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, “राष्ट्रपति कार्टरको पार्थिव शरीर संसदमा ल्याइपुर्याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।” अमेरिकी वायु सेनाको जेटमा वासिङ्टन ल्याई पुर्याइएको अमेरिकी झण्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पुर्याइएको थियो । 

पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा संघीय कार्यालय र विद्यालयहरु बन्द भएका छन् । हिउले सेताम्मै भएको सडक सफा गर्दै सयौँ अमेरिकी सेनाका सदस्यहरूले मृत शरीरलाई संसद भवनमा पुर्याएका थिए । शवयात्रामा कार्टरको परिवार, कंग्रेसका सदस्यहरु र प्रधान न्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पुर्याइएका १३ औं पूर्व अमेरिकी राष्ट्रपति हुन् । वासिङ्टनको पूर्व राष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुसको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेसनल क्याथेड्रलमा बिहीबार कार्टरको अन्त्येष्टि गरिनेछ । 

अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेतासाथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: