गुल्मी । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्द्धन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
रिडी माघे सङ्क्रान्ति मेलाको अवसरमा यही माघ १ गतेदेखि ३ गतेसम्म रुरुक्षेत्र गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा कृषि मेला प्रदर्शनी हुन लागेको हो ।
कृषकलाई प्रविधिको बारेमा जानकारी गराउनुका साथै कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि कृषि मेलाको आयोजना गर्न लागिएको छ । उत्पादित कृषिजन्य वस्तुलाई प्रदर्शनीमा ल्याउनका लागि सबै कृषकलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।
कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली (घोंगा तथा बाला वा झोप्पासहित), तरकारी, आलु, टमाटर तथा कोसेबाली (बोटसहित), कन्दमुलरजरेबाली (सिङ्गो), मौरी (चाकासहित), कफी तथा अमिलो जातका फलफूल (हाँगासहित), मसला बाली, बीउबिजन, स्थानीय तथा रैथाने बाली लगायतका विभिन्न बालीहरू ल्याउनुपर्नेछ ।
प्रदर्शनी भएका कृषिजन्य वस्तुहरूलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिने छ । प्रथमलाई चार हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्त्वनालाई एक हजार रुपियाँ नगद पुरस्कार नियमानुसार प्रदान गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: