Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एमालेभित्र कुनै पनि गुट र समूह छैन: अध्यक्ष ओली

राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्ताव पारित

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्षले केपी शर्मा ओलीले नेकपा एमाले पार्टीभित्र अब कुनै पनि पूर्व समूह कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् । 

एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूह कायम नरहेकाले त्यस्ता पूर्व समूह खोज्नतिर नलाग्न आग्रह गरे । “एमालेमा अब कुनै पनि पूर्व समूह छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’’

अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट पारे । उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र काँग्रेससहितको  वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता-यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट पारे । 

अध्यक्ष ओलीले पार्टीका नेता-कार्यकर्तालाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरे । प्रधानमन्त्री ओलीले असम्लग्न परराष्ट्र नीति र सन्तुलित छिमेक सम्बन्धको नीतिमा  सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताए । उनले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गरे । 

राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्ताव पारित

यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्ताव पारित गर्दै आज सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्नुका साथै पार्टी निर्माणका लागि गाउँ पस्ने कार्यायोजना बनाएर बैठक सकिएको हो । तीन दिन बसेको बैठकले १४ समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

पारित प्रस्तावमा कांग्रेस एमाले सम्मिलित संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन र सम्मृद्धितर्फ आशा जगाएको उल्लेख छ । त्यस्तै देशमा युवाहरूले अवसर नपाएर पलायन हुनुपर्ने अवस्थाप्रति एमालेले चिन्ता प्रकट गरेको छ । देशभित्र केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकार सफल होस् भन्ने एमालेको कामना छ । त्यसैगरी भ्रष्टाचार नियन्त्रणमा सरकारले सुरु गरेका कदमलाई सकारात्मक भनेको एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको छानबिन गरेर निष्कर्षमा पुर्‍याउन तथा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माण मुलुकको अहिलेको आवश्यकता रहेको ठहर गर्दै यस्तो शक्ति निर्माण भएमात्र राष्ट्रहीत, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता तथा सम्मृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुनसक्ने बताएको छ । त्यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने भन्दै पार्टी विभाजनलगायतका कारणले बाहिर रहेका नेता कार्यकर्ताहरुलाई नेकपा एमालेमा फर्कन आह्वान गरेको छ ।

‘अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरू र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन बैठक आह्वान गर्दछ’, बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘बैठकले महँगी नियन्त्रण, दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति, कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।’

केन्द्रीय सदस्य पदम गिरीले बैठकपछि एमाले सुदृढ र एकताका साथ अघि बढ्ने आधार तयार भएको बताए । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने बैठकले सङ्कल्प गरेको बताए ।

‘त्यसका लागि मिसन २०८४ मा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने एमालेको निर्णय हो’, गिरीको भनाइ छ । एमालेले मिसन ८४ का १८ वटा कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ । यसबाहेक केन्द्रीय कमिटी बैठकले विशेष गरी तीन महिने वडा केन्द्रित कार्य योजनालाई महत्त्व दिएको छ ।

बैठकले तीन महिने वडा केन्द्रित कार्ययोजना अनुमोदन गरेको छ । जसअनुसार एमाले नेता कार्यकर्ताहरू माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन् । जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ समेत भनेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: