काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबिचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । ‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज यहाँ आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबिचको सम्बन्ध जहिल्यै सौहार्दपूर्ण रहेको बताए ।
उनले भने, “नेपाल र चीनबिच भौगोलिक, राजनीतिक तथा व्यापार र पारवहनको सम्बन्ध प्रगाढ छ । नेपालमा विशेष गरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ ।” नेपालका लागि चीनका राजदूत छन सङले नेपालमा कृषि तथा पर्यटनलगायत परियोजनाहरूमा चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताए ।
उनले भने, “हालै मात्र चिनियाँ उद्यमीको टोली नेपाल आएको थियो । उहाँहरू लगानी गर्न हौसिनुभएको छ ।” नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोड दिनुपर्ने राजदूत सङले बताए । कृषि तथा खाद्य सुरक्षाविज्ञ डा यमुना घलेले कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पर्यटन क्षेत्रमा नेपालको सम्भावना अधिक रहेको बताए ।
उनले भने, “बिआरआईसँग सम्बन्धित लगानीले न्युन आय भएका देशहरूमा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न मद्दत गरेको छ । नेपालमा पनि कृषि र पर्यटनको अत्यधिक सम्भावना छ । राँगा र भैँसीको मासु निर्यात सम्झौता चीनसँग भइसकेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...
पौष ६ गते, २०८२ - १७:४५
कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...
पौष ६ गते, २०८२ - १७:४२
रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...




प्रतिकृया लेख्नुहोस्: