सोलुखुम्बु। भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा रहेको भवन चिरा परेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पले निकुञ्जको भवनमा क्षति पुर्याएको पुष्टि गर्दै अन्य सम्भावित जोखिमको अनुगमन भइरहेको बताए।
भूकम्पका कारण सोलुखुम्बुको लिखुपिके, देउसा र खुम्बुको थामेमा एक(एक वटा घर तथा खरिखोलामा २ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लिखुपिके गाउँपालिका ४ का कमलकृष्ण कार्कीको ढुङ्गा माटो बनेको घर बस्न नमिल्ने गरी क्षति पुगेको गाउँपालिका उपाध्यक्ष ङवाङल्हाक्पा शेर्पाले जानकारी दिए।
सोलुखुम्बुको सीमाना तिब्बतमा केन्द्र बनाएर बिहान ६ः५० बजे गएको शक्तिशाली भूकम्पका कारण जिल्लाको थुलुङ दुधकोशी ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको गारो चर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
त्यस्तै, केन्द्रविन्दुबाट नजिक रहेको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको डिएसपी घिमिरेको भनाइ छ । घटनापछि प्रहरी चौकी मुक्ली र थाम्बुचेबाट घटनास्थलमा प्रहरी टोली खटाइएको छ । भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको थप विवरण भने आउने क्रम रहेको छ । प्रहरी र स्थानीय प्रशासनले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।
भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत सोलुखुम्बु नजिक पर्ने भएकाले भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने आँकलन गरिइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले कुनै अप्रिय घटना भएको जानकारी प्राप्त हुन साथ तत्काल परिचालन हुने गरी जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट उद्दारका सामग्रीसहित प्रहरी टोली तयारी अवस्थामा रहेको र सोलुखुम्बु जिल्लाको कुनै पनि किसिमको घटना भएको भए जानकारी भएर प्रहरी सेवाको आवश्यकता परे तत्काल सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: