Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

तिब्बत भूकम्प : सोलुखुम्बुमा दर्जन घरमा क्षति

खबरडबली संवाददाता

सोलुखुम्बु। भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा रहेको भवन चिरा परेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पले निकुञ्जको भवनमा क्षति पुर्‍याएको पुष्टि गर्दै अन्य सम्भावित जोखिमको अनुगमन भइरहेको बताए।

भूकम्पका कारण सोलुखुम्बुको लिखुपिके, देउसा र खुम्बुको थामेमा एक(एक वटा घर तथा खरिखोलामा २ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लिखुपिके गाउँपालिका ४ का कमलकृष्ण कार्कीको ढुङ्गा माटो बनेको घर बस्न नमिल्ने गरी क्षति पुगेको गाउँपालिका उपाध्यक्ष ङवाङल्हाक्पा शेर्पाले जानकारी दिए।

सोलुखुम्बुको सीमाना तिब्बतमा केन्द्र बनाएर बिहान ६ः५० बजे गएको शक्तिशाली भूकम्पका कारण जिल्लाको थुलुङ दुधकोशी ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको गारो चर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

त्यस्तै, केन्द्रविन्दुबाट नजिक रहेको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको डिएसपी घिमिरेको भनाइ छ । घटनापछि प्रहरी चौकी मुक्ली र थाम्बुचेबाट घटनास्थलमा प्रहरी टोली खटाइएको छ । भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको थप विवरण भने आउने क्रम रहेको छ । प्रहरी र स्थानीय प्रशासनले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।

भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत सोलुखुम्बु नजिक पर्ने भएकाले भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने आँकलन गरिइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले कुनै अप्रिय घटना भएको जानकारी प्राप्त हुन साथ तत्काल परिचालन हुने गरी जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट उद्दारका सामग्रीसहित प्रहरी टोली तयारी अवस्थामा रहेको र सोलुखुम्बु जिल्लाको कुनै पनि किसिमको घटना भएको भए जानकारी भएर प्रहरी सेवाको आवश्यकता परे तत्काल सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

बोक्सी आरोपमा महिला कुटपिट गर्ने दुई जना सप्तरीबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...

उद्योग दर्ता र कर प्रक्रियाको झन्झटले बाँकेका व्यवसायी निरुत्साहित, नयाँ उद्योग दर्ता घट्दो

नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...

हत्या आह्वानको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी

दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्...

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending