Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीमा गुटबन्दी बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । 

सोमबार बसेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी जनतासम्म पुग्न नसक्नुमा नेताहरूमा देखिएको गुटबन्दी कारण रहेको भन्दै त्यसको प्रभाव तल्ला कमिटीमा समेत परेको बताएका हुन् । 

‘पार्टीको माथिल्लो तहमा देखिएको गुटबन्दीको असर तल्लो तहसम्म पनि देखिन थाल्यो । त्यसका कारण जति काम गर्न सकिन्थ्यो त्यति गर्न सकिएन’, बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूको आशय थियो । एक केन्द्रीय सदस्यका अनुसार बोल्नेहरूमध्ये धेरैले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन राम्रो आए पनि परिणाम दिने कुरामा समस्या भइरहेको भन्दै आगामी दिनमा बनेका कार्ययोजना कार्यान्वयनको पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । 

‘हाम्रो पार्टीले अघि सारेको विचार र सिद्धान्त राम्रो हुँदाहुँदै पनि परिणाम दिन सकिएको छैन’, एक सदस्यले बैठकमा राखेको भनाई उद्धृत गर्दै भने, ‘जरासम्म पार्टी पुग्नै सकेन, पार्टीको माथिल्लो तहको गुटबन्दी तलसम्मै पुगिसक्यो यसलाई रोक्न जरुरी छ ।’

सोमबारको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष र महासचिवको प्रतिवेदनमाथिको छलफल जारी रहेको भन्दै मङ्गलवार बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएर बैठक सकिने जानकारी दिए । 

‘छलफलको क्रम जारी छ । मूल त धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी निर्माणमा देखिएका समस्या समाधानमा विशेष जोड दिनुभएको छ’, प्रमुख गौतमले भने, ‘पार्टीभित्रका कुनै पनि किसिमका गुटबन्दी हुनुहुँदैन । गुटबन्दी गर्नेहरूलाई पहिचान गरेर नियन्त्रण गर्नुपर्छ ।’

गौतमले पनि पार्टीभित्र गुटबन्दी बढेकोमा केन्द्रीय सदस्यहरूले चिन्ता प्रकट गरेको स्वीकार गरे । ‘आफ्नो इन्ट्रेस्ट पुरा गर्न विभिन्न स्वार्थ समूहले अगामी निर्वाचनका लागि अहिले नै गतिविधि गरेको आभास हुन्छ । यसलाई निर्मूल गरेर पार्टीलाई एक ढिक्का बनाउनपर्छ, पार्टी स्कुलिङलाई लगातार जिल्लासम्म सञ्चालन गर्नुपर्छ’, केन्द्रीय सदस्यहरूले बैठकमा राखेको धारणा उद्धृत गर्दै गौतमले धेरैजसो केन्द्रीय सदस्यले पार्टीलाई आधारभूत तहमा सबलीकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्न वडा केन्द्रीत सङ्गठन अभियान सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयनका समस्या रहेको बताएको जनाएका छन् । 

उनले सम्बन्धित कमिटीका इन्चार्जलाई निर्देशन गरेर पालिका तहमा परिचालित गर्नुपर्नेमा समेत वक्ताहरूले जोड दिएको बताए । ‘जिम्मेवारी गाउँमा लिने र सहरमा बस्ने प्रवृत्ति बढेको छ त्यसलाई निरुत्साहित गर्नुपर्छ जसको अनुगमन हुनुपर्छ’, उनले भने, ‘पार्टी क्षेत्रमा काम गर्ने र पार्टी नेताबिच घुम्रेबिचको भेद छुट्टाउनुपर्छ भन्ने आवाज उठेको छ ।’ 

गौतमले पहिलो दिन २७ र दोस्रो दिन ५६ जनाले प्रतिवेदनमाथि धारणा राखेको जानकारी दिए । सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले मङ्गलवार दिने गौतमको भनाइ छ । बैठकमा माओवादीबाट आएकाहरू पार्टीभित्र अन्यायमा परेको गुनासो गरेका छन् । ‘पूर्व माओवादीबाट आएकाहरू अन्यायमा परेका छन् । सबैले जिम्मेवारी पनि पाएका छैनन् । जसले गर्दा केही साथीहरू फेरि माओवादीमै फर्किन थालेका छन्’ केन्द्रीय सदस्य परशुराम अधिकारीको भनाइ थियो । उनले सचिव टोपबहादुर रायमाझीबारे पार्टीले सत्य तथ्य पहिल्याउने र  थुनाबाहिर राख्न पहलकदमी लिनुपर्ने धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: