Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीमा गुटबन्दी बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । 

सोमबार बसेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी जनतासम्म पुग्न नसक्नुमा नेताहरूमा देखिएको गुटबन्दी कारण रहेको भन्दै त्यसको प्रभाव तल्ला कमिटीमा समेत परेको बताएका हुन् । 

‘पार्टीको माथिल्लो तहमा देखिएको गुटबन्दीको असर तल्लो तहसम्म पनि देखिन थाल्यो । त्यसका कारण जति काम गर्न सकिन्थ्यो त्यति गर्न सकिएन’, बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूको आशय थियो । एक केन्द्रीय सदस्यका अनुसार बोल्नेहरूमध्ये धेरैले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन राम्रो आए पनि परिणाम दिने कुरामा समस्या भइरहेको भन्दै आगामी दिनमा बनेका कार्ययोजना कार्यान्वयनको पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । 

‘हाम्रो पार्टीले अघि सारेको विचार र सिद्धान्त राम्रो हुँदाहुँदै पनि परिणाम दिन सकिएको छैन’, एक सदस्यले बैठकमा राखेको भनाई उद्धृत गर्दै भने, ‘जरासम्म पार्टी पुग्नै सकेन, पार्टीको माथिल्लो तहको गुटबन्दी तलसम्मै पुगिसक्यो यसलाई रोक्न जरुरी छ ।’

सोमबारको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष र महासचिवको प्रतिवेदनमाथिको छलफल जारी रहेको भन्दै मङ्गलवार बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएर बैठक सकिने जानकारी दिए । 

‘छलफलको क्रम जारी छ । मूल त धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी निर्माणमा देखिएका समस्या समाधानमा विशेष जोड दिनुभएको छ’, प्रमुख गौतमले भने, ‘पार्टीभित्रका कुनै पनि किसिमका गुटबन्दी हुनुहुँदैन । गुटबन्दी गर्नेहरूलाई पहिचान गरेर नियन्त्रण गर्नुपर्छ ।’

गौतमले पनि पार्टीभित्र गुटबन्दी बढेकोमा केन्द्रीय सदस्यहरूले चिन्ता प्रकट गरेको स्वीकार गरे । ‘आफ्नो इन्ट्रेस्ट पुरा गर्न विभिन्न स्वार्थ समूहले अगामी निर्वाचनका लागि अहिले नै गतिविधि गरेको आभास हुन्छ । यसलाई निर्मूल गरेर पार्टीलाई एक ढिक्का बनाउनपर्छ, पार्टी स्कुलिङलाई लगातार जिल्लासम्म सञ्चालन गर्नुपर्छ’, केन्द्रीय सदस्यहरूले बैठकमा राखेको धारणा उद्धृत गर्दै गौतमले धेरैजसो केन्द्रीय सदस्यले पार्टीलाई आधारभूत तहमा सबलीकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्न वडा केन्द्रीत सङ्गठन अभियान सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयनका समस्या रहेको बताएको जनाएका छन् । 

उनले सम्बन्धित कमिटीका इन्चार्जलाई निर्देशन गरेर पालिका तहमा परिचालित गर्नुपर्नेमा समेत वक्ताहरूले जोड दिएको बताए । ‘जिम्मेवारी गाउँमा लिने र सहरमा बस्ने प्रवृत्ति बढेको छ त्यसलाई निरुत्साहित गर्नुपर्छ जसको अनुगमन हुनुपर्छ’, उनले भने, ‘पार्टी क्षेत्रमा काम गर्ने र पार्टी नेताबिच घुम्रेबिचको भेद छुट्टाउनुपर्छ भन्ने आवाज उठेको छ ।’ 

गौतमले पहिलो दिन २७ र दोस्रो दिन ५६ जनाले प्रतिवेदनमाथि धारणा राखेको जानकारी दिए । सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले मङ्गलवार दिने गौतमको भनाइ छ । बैठकमा माओवादीबाट आएकाहरू पार्टीभित्र अन्यायमा परेको गुनासो गरेका छन् । ‘पूर्व माओवादीबाट आएकाहरू अन्यायमा परेका छन् । सबैले जिम्मेवारी पनि पाएका छैनन् । जसले गर्दा केही साथीहरू फेरि माओवादीमै फर्किन थालेका छन्’ केन्द्रीय सदस्य परशुराम अधिकारीको भनाइ थियो । उनले सचिव टोपबहादुर रायमाझीबारे पार्टीले सत्य तथ्य पहिल्याउने र  थुनाबाहिर राख्न पहलकदमी लिनुपर्ने धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending