Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

ढिलो गर्भाधारणले बच्चामा जन्मजात रोगको जोखिम कति ?

खबरडबली संवाददाता

काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्व भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ ।

करिअरको प्राथमिकता, सही समयको पर्खाइ र अन्य कारणले गर्दा धेरै महिलाले ढिलो आमा बन्ने निर्णय गर्छन् । तर ढिलो सन्तान जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुन्छ । ढिलो उमेरमा गर्भाधारण गर्दा महिलामा उच्च रक्तचाप, गर्भावस्थाको मधुमेह र गर्भपतनको जोखिम बढ्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मीना प्रधान बताउँछिन् ।

‘ढिलो सन्तान जन्माउँदा अण्डाहरु पुरानो र बूढो हुने भएकाले बच्चामा जन्मदोष अर्थात् जन्मजात रोग हुने सम्भावना हुन्छ । बालबालिकाहरुको विकास असामान्य हुन सक्छ,’ उनी भन्छिन् ।

नवजात शिशुहरूमा जन्मजात विकारहरू तिनीहरूको विकाससँग सम्बन्धित महत्त्वपूर्ण कारकमध्ये एक हो, किनकि यसले उनीहरूको वृद्धिमा प्रत्यक्ष प्रभाव पार्छ । बच्चालाई यी जन्मदोषहरूबाट जोगाउन, गर्भावस्थाको समयमा स्वास्थ्य परीक्षणबाट गर्नु धेरै महत्त्वपूर्ण हुने बालरोग विशेषज्ञ डा। बाबुराम पाण्डे बताउँछिन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष जन्मिने शिशुमध्ये दुई लाख ४० हजार शिशुको जन्मजात रोगका कारण २८ दिनभित्र मृत्यु हुने गरेको छ । त्यहाँ धेरै प्रकारका यी जन्मजात विकारहरू पर्छन् । जसमा हृदयदोष, न्युरल ट्युब दोष र क्रोमोसोमल विकारहरू जस्तै डाउन सिन्ड्रोम आदि समावेश हुन्छ ।

के हो जन्मदोष ?

जन्मदोष एक प्रकारको विकार हो । यसलाई जन्मजात विकार पनि भनिन्छ । यसले बच्चालाई मानसिक र शारीरिक रूपमा असर गर्न सक्ने डा। पाण्डे बताउँछन् ।

‘यो अवस्था प्रायस् बच्चा जन्मिने बित्तिकै हुन्छ, केही अवस्थामा हुर्कने क्रममा पनि हुन्छ,’ उनी भन्छन्, ‘यसमा बच्चाको खुट्टाको विकास नहुने, नाक वा ओठको पूर्ण विकास नहुने वा मेटाबोलिक डिसअर्डर आदि समावेश हुन्छ ।’

जन्मदोषलाई विभिन्न भागमा विभाजन गरिएको छ, संरचनात्मक दोष, क्रोमोजोमल असामान्यता र कार्यात्मक जन्मदोष ।

संरचनात्मक रोगले बच्चाको शरीरका अंगहरूको विकासमा असामान्यता ल्याउँछ । यसमा मुटु, मस्तिष्क, मेरुदण्ड, हात, खुट्टा वा अन्य अंगमा समस्या हुन्छ । फाटिएको ओठ, मुटु र न्युरल ट्युबका दोषहरू यस श्रेणीमा पर्ने पाण्डेले बताए ।

क्रोमोजोमल असामान्यता

डा. पाण्डेका अनुसार क्रोमोजोमल असामान्यताहरू बुझ्न शरीरमा कति क्रोमोजोम हुन्छ भन्ने कुरा जान्नु पर्छ । सामान्य शरीरमा ४६ क्रोमोजोम हुन्छन्, जसमध्ये आधा आमाबाट र आधा बुबाबाट प्राप्त हुन्छन् । जस्तै,  डाउन सिन्ड्रोम क्रोमोजोमल असामान्यताको अवस्थामा २१ औं क्रोमोजोममा असामान्य विभाजन हुन्छ । यस प्रकारको असामान्यता गर्भावस्थाको समयमा स्क्रिनिङ परीक्षण मार्फत पत्ता लगाउन सकिन्छ ।

कार्यात्मक दोष

कार्यात्मक दोषले शरीरका अंगहरूले काम गर्ने तरिकालाई असर गर्छ । यो जन्मको समयमा पत्ता लगाइन्छ र बच्चा ठूलो भएपछि यो विकार देख्न सकिन्छ । मेटाबोलिक डिसअर्डर वा जन्मजात हृदयरोग यस श्रेणीमा समावेश हुने डा। पाण्डे बताउँछन् ।

जन्मदोषलाई रोकथाम गर्ने उपाय

गर्भमा रहेको बच्चाको वृद्धिको निगरानी गर्न र कुनै पनि विकारहरूको जाँच गर्न अल्ट्रासाउन्ड र रक्त परीक्षणहरू गराउनुपर्छ । साथै प्रसवपूर्व गराउनुपर्ने सम्पूर्ण जाँच पनि चिकित्सकको सल्लाहमा गर्नुपर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रधान बताउँछिन् ।

सन्तुलित आहार, दैनिक व्यायाम, तनाव व्यवस्थापन र गर्भावस्थाअघिको समयमा लागूऔषध त्याग्नु आदि  यी विकार रोक्ने प्रभावकारी तरिका भएको उनी बताउँछिन् ।

‘कतिपय अवस्थामा गर्भवती महिलालाई आनुवंशिक परामर्श पनि दिनुपर्ने हुन्छ । आनुवंशिक परामर्शले जोखिमबाट बच्न विकल्पहरू खोज्न मद्दत गर्छ । जसको आनुवंशिक इतिहासमा यस्ता घटना समावेश हुन्छन् उनीहरुलाई परामर्शको जरुरी हुन्छ,’ डा। प्रधान भन्छिन ।

जन्मपूर्व परीक्षण

रगत परीक्षण र अल्ट्रासाउन्ड जस्ता जन्मपूर्व गरिने परीक्षणहरूले यस्ता असामान्यताको प्रारम्भिक पहिचानमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यसमार्फत गर्भवती महिलाले गर्भावस्थासँग सम्बन्धित धेरै जानकारी प्राप्त गर्न सक्छन् । गर्भावस्थाको समयमा राम्रो हेरचाह जन्मदोषबाट बच्न महत्त्वपूर्ण हुने डा. प्रधान बताउँछिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending