सिरहा । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् ।
बा. २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंह आफैंले स्वीकार गरेकी छिन् ।
तोडफोडबाट गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।
समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन । उपाध्यक्ष सिंहले पालिकाको सकर्पियोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएको चालक बाबुनाथ यादवले बताए। उपाध्यक्ष सिंहले घरमा लिन समयमै नपुगेको झोंकमा आक्रोश पोख्दै गाडीमा क्षति पु¥याएको घटनाले उनको व्यवहारप्रति कुरा उठ्न थालेको छ।
स्थानीयबासीका अनुसार, उपाध्यक्ष सिंहको दुई वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि बितन्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। । हाल अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन्।
अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक स्थानीयले बताए। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँ पालिका अध्यक्षकै घरअगाडी रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको हो । उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएका थिए समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चारचक्के गाडी चढेपनि उपाध्यक्षलाई भने गाडी सुविधा दिएको छैन। कार्यालयको एक थान सरकारी स्कोरपीओ र प्रशासकीय अधिकृत भाडाको गाढीमा चढ्दै आएका छन्। उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छिन्।
आज कार्यक्रममा जान अध्यक्षसँग गाड माग्दा पठाउँदै छु भनेर नपठाएपछि आक्रोशित उपाध्यक्षले बाध्यभएर गाडी तोडफोड गरेको बताइन्छ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: