Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नेताहरुको वरीयतामा कुरा नमिलेपछि तरुण दलको विशेष भेला रोकियो

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पुस २२ र २३ का लागि तय भएको विशेष भेला रोकिनुमा पार्टीभित्रको वरीयता कारण रहेको खुलेको छ ।

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको सहभागी हुने गरी तरुण भेला डाकिएको थियो । तर, १७ पुसमा भेला स्थगित गर्नुमा विशेष कारण भनिएको थियो । उक्त ‘विशेष कारण’ के हो भनी खुलाइएको थिएन । तरुण दलका एक पूर्वअध्यक्षका अनुसार सभापति शेरबहादुर देउवा पछिको वरीयतामा कुरा मिल्न नसकेपछि भेला स्थगित गरिएको हो ।

कांग्रेसमा सभापति देउवा पछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । जिल्ला, प्रदेश, भ्रातृ संस्थाले गर्ने कार्यक्रममा सभापति देउवा पछिको वरीयता आफ्नो हुनुपर्ने संस्थापनइतरका नेता डा‍शेखर कोइरालाको अडान रहँदै आएको छ । २१ मंसिरमा कोशी प्रदेशको सम्मेलनमा मर्यादाक्रममा कुरा नमिलेपछि कोइरालाले बहिष्कार गरेका थिए ।

तरुण दलका नेताहरुका अनुसार सभापति देउवा पछिको वरीयता कोइरालाको हुनुपर्ने उनी पक्षीयले माग गरेका थिए ।  ‘भेलामा देउवा पछि शेखरको वरीयता हुनुपर्ने उहाँहरुको कुरा थियो । पार्टी वरीयतामा पूर्णबहादुर खड्का दोस्रो नम्बरमा हुनुहुन्छ’, तरुण दलका एक पूर्वअध्यक्षले भने,‘वरीयताकै कुराले विराटनगर सम्मेलनमा उहाँ (शेखर) जानु भएन । विवाद होला भनेर भेला रोकेको हो ।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending