काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहेको छन ।
उक्त कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।
यसैबिच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताए ।
पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १७:१६
नेपालगन्ज। देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ । ...
चैत्र २९ गते, २०८२ - १६:५८
संखुवासभा। इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरका...
चैत्र २९ गते, २०८२ - १६:४५
पाँचथर । युट्युबमार्फत बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल ...
चैत्र २९ गते, २०८२ - १६:३६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आन्तरिक विवाद चर्किएको छ। असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसम...
चैत्र २९ गते, २०८२ - १६:२७
नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा प...
चैत्र २९ गते, २०८२ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ। पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्...
चैत्र २९ गते, २०८२ - १६:०१
काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ५२८१ नम्बरको का...
चैत्र २९ गते, २०८२ - १५:०६
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...
चैत्र २९ गते, २०८२ - १४:३६
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...
चैत्र २९ गते, २०८२ - १४:३२
चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...


प्रतिकृया लेख्नुहोस्: