Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

पूर्वमन्त्री प्रेम आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

खबरडबली संवाददाता

काठमाडौँ। विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ। 

महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं प्रवर्द्धनमा अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेको हो। 

महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ। 

हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो।   

त्यसअवसरमा महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

उक्त अवार्ड प्राप्तमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी,  भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका धर्म गुरु स्वामी जय पतका, भारतका समाजसेवी भगवान गङ्गाराम पाण्डे, राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिङ्गापुरका अध्यक्ष ओमप्रकाश राईलगायत हुनुहुन्छ। 

सांसद आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा महासङ्घलाई विशेष धन्यवाद ज्ञापन गरे। 

त्यस अवसरमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, खाटु श्याम धामका अध्यक्ष घनश्याम गुप्ता, विश्व हिन्दु महासङ्घका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा। आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाएकामा महासङ्घ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेको थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शसस्त्र प्रहरीद्धारा एकैदिन ३१ लाख रुपियाँको अवैध सामान बरामद

नेपालगन्ज। देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ । ...

इन्धनजन्य सामग्रीको मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा

संखुवासभा। इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरका...

प्रधानमन्त्री बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर खरेल छुटे

पाँचथर । युट्युबमार्फत बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल ...

राप्रपामा विवाद: असन्तुष्ट पक्षद्वारा लिङ्देन नेतृत्वको समिति भंग गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आन्तरिक विवाद चर्किएको छ। असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसम...

गृहमन्त्री गुरुङद्वारा 'पिर्के सलामी' नलिने निर्णय

नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा प...

कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ। पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्...

दक्षिणकालीमा भिरबाट कार खस्यो, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ५२८१ नम्बरको का...

जाजरकोटको नलगाडमा ग्यास लिक भएर आगलागी, तीन जना घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...

क्रोएसियामा ज्यान गुमाएका सल्यानी युवकको शव दुई महिनापछि नेपाल ल्याइयो

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending