काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ ।
आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिएको दिब्योपदेशलाइ ‘पृथ्वी पथ’ रूपमा अंगिकार गर्ने भएको हो ।
‘पार्टीले अबलम्बन गरिरहेको सम्बर्धनवादको बैचारिक दर्शनको धरातलमा नेपाल एकीकरणका नायक राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मार्गदर्शन र दिब्यउपदेशलाइ राप्रपा नेपालले ‘पृथ्वीपथ’को रूपमा अंगिकार गर्नेछ’ केन्द्रिय समितिको निर्णयमा भनिएको छ।
राप्रपा नेपालले प्रत्येक बर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिशेष कार्यक्रम गर्दै आएको छ । यसपटक पनि पुस २७ मा बालुवाटारमा बिशेष कार्यक्रम गर्दैछ ।
त्यसो त आज सम्पन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महाधिवेसन गर्ने निर्णय गरेको छ भने बैठकले राजनीतिक कार्यपत्र, संगठन बिभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सबन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिबेदन पारित गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा जनलोकपाल गठन गर्नु पर्ने उसले आफनो माग अघि सारेको छ । ‘भ्रष्टचारलाइ जरै देखी उन्मुलन गर्न अहिलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अबधारणामा आधारित सम्पन्न संबैधानिक निकायको ब्यवस्था गर्न राप्रपा नेपाल माग गर्दछ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, राप्रपा नेपालले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाइ ‘टु पार्टी सिस्टम’मा लैजान लागेको भन्दै असहमति जनाएको छ । ‘सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाइ चुनौती दिने र प्रतिस्पर्धामा आउन नसक्ने दलहरूलाइ निषेध गरी कथित दुइ दलीय ब्यवस्था कायम गर्न संबिधान र कानुनमा संसोधन गर्ने प्रयास गरीरहेको देखिन्छ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘समानुपातिक र समावेशी मान्यतालाइ कमजोर बनाउने तथा समानुपातिक निर्वाचनको थ्रेस होल्ड बढाएर साना र उदयीमान दलहरूको प्रतिनिधित्व शुन्य बनाउन सत्तारूढ दलहरू उद्धतरहेको समेत देखिन्छ, यस्तो प्रवृतिले प्रजातन्त्रलाइ कमजोर बनाउने र निरंकुशताको पक्षपोषण गर्नेछ’ राप्रपाको निर्णयमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १०:२३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...




प्रतिकृया लेख्नुहोस्: