बर्दीबास। उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताएको छन। उनले जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राखे।
नेपाली कांग्रेस महोत्तरीले बर्दीबासमा आयोजना गरेको घेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उनले सो कुरा बताएको हो ।
उनले ०४६ साल अघिको अवस्था र ०७२ को नयाँ सविधान जारी गर्दासम्मको अवस्था तुलना गर्दा जनता अधिकार सम्पन्न भएको बताए। मुलुकले प्राप्त गरेको उपलब्धिलाई नजरअन्दाज गर्न नहुने उनको जिकिर थियो । अहिलेको कांग्रेस एमाले सरकार पनि जनताको नैरास्य चिर्न बनेको बताए।
उपप्रधान मन्त्री सिंहले भने, ‘‘यसअघि छिटो छिटो परिवर्तन हुने सकारका कारण जनतामा नैरास्य र सरकारप्रति नै अविश्वास बढ्दै गएपछि राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले सरकार गठन भएको हो ।’’
लोकतन्त्र प्रति नकारात्मक भाष्य खडा गरेर नैरास्य छर्ने प्रवृतिले प्राप्त उपलब्धिको रक्षा हुन नसकने उनको भनाइ थियो ।
जनताको आन्दोलन र सङ्घर्षबाट प्राप्त अधिकार सुरक्षित राख्न, लोकतन्त्रलाई थप सुदृढ पार्न तथा करिब १ दशक लामो अभ्यासका क्रममा अनुभूत गरिएका कमिकमजोरी समाधानका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाइएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । यसका लागि दलहरूभित्र सन्यत्र गठन गरी संविधान संशोधनका लागि कामसमेत सुरु भइसकेको उनले जनाए।
अहिले मुलुकको राजनीति २०१७ सालपछिको पुस्ताले हाँकीरहे पनि पार्टीको गतिविधि, कार्यशैली र सूचना सम्प्रेषण जस्ता क्षेत्रमा त्रुटी कमजोरी व्याप्त रहेकाले कार्यकर्ताले असहज र अप्ठ्यारो महसुस गरेको बताए। तथापि गुनासो गरेरभन्दा पनि सबै क्रियाशील भएर लाग्दा मात्र यसको समाधान हुने उनको सुझाव थियो ।
उनले भने, ‘‘मैले दशौं अधिवेशनदेखि नै पार्टी विधि र विधानमा चल्नुपर्छ भन्दै आएको छु । महाधिवेशको बेला र चुनावमा टिकटका लागि क्रियाशिलता बढाउने र त्यसपछि चुपलागेर बस्ने प्रवृतिले पार्टीको मूल्य मान्यतामै प्रहार हुने गरेको छ । यस्ता प्रवृतिविरुद्ध आउँदो महाधिवेशनमा कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्छ ।’’
यसअघि कार्यकर्ताहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री सिंहले लोकतन्त्र प्राप्तिपछि हुम्ला जुम्ला जस्ता विकट जिल्लामा पनि विकाश पुगेको बताउँदै आर्थिक वर्ष ०८१/८२ को बजेटमा लोक कल्याणका कार्यक्रमलाई बढी प्राथमिकतामा राख्न आफ्नो प्रयास हुने बताए।
नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्री, कांग्रेस नेता बजरङ्ग नेपाली, बर्दीबासका वडाध्यक्ष लगायत नेता कार्यकर्ताहरूले जिल्लामा व्याप्त समस्याबारे उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएको थिए। उहाँहरूले कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, बाटोघाटो जस्ता जनतालाई विकाशको प्रत्यक्ष अनुभूति गराउने कार्यक्रममा एक त आवश्यक बजेट नै नदिने, विनियोजित गरिएका बजेट पनि समयमा निकाशा नपठाउने, निकाशाको बेला अनेकन बखेडा झिकेर दिक्क पार्ने सङ्घ र प्रदेश सरकारको हेपाहा प्रवृतिको खुलेर गुनासो पोखनु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: