Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

लोकतन्त्र सुदृढ बनाउन संविधान संशोधन आवश्यकः मन्त्री सिंह

खबरडबली संवाददाता

बर्दीबास। उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताएको छन। उनले जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राखे।

नेपाली कांग्रेस महोत्तरीले बर्दीबासमा आयोजना गरेको घेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उनले सो कुरा बताएको हो ।

उनले ०४६ साल अघिको अवस्था र ०७२ को नयाँ सविधान जारी गर्दासम्मको अवस्था तुलना गर्दा जनता अधिकार सम्पन्न भएको बताए। मुलुकले प्राप्त गरेको उपलब्धिलाई नजरअन्दाज गर्न नहुने उनको जिकिर थियो । अहिलेको कांग्रेस एमाले सरकार पनि जनताको नैरास्य चिर्न बनेको बताए।

उपप्रधान मन्त्री सिंहले भने, ‘‘यसअघि छिटो छिटो परिवर्तन हुने सकारका कारण जनतामा नैरास्य र सरकारप्रति नै अविश्वास बढ्दै गएपछि राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले सरकार गठन भएको हो ।’’

लोकतन्त्र प्रति नकारात्मक भाष्य खडा गरेर नैरास्य छर्ने प्रवृतिले प्राप्त उपलब्धिको रक्षा हुन नसकने उनको भनाइ थियो ।

जनताको आन्दोलन र सङ्घर्षबाट प्राप्त अधिकार सुरक्षित राख्न, लोकतन्त्रलाई थप सुदृढ पार्न तथा करिब १ दशक लामो अभ्यासका क्रममा अनुभूत गरिएका कमिकमजोरी समाधानका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाइएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । यसका लागि दलहरूभित्र सन्यत्र गठन गरी संविधान संशोधनका लागि कामसमेत सुरु भइसकेको उनले जनाए।

अहिले मुलुकको राजनीति २०१७ सालपछिको पुस्ताले हाँकीरहे पनि पार्टीको गतिविधि, कार्यशैली र सूचना सम्प्रेषण जस्ता क्षेत्रमा त्रुटी कमजोरी व्याप्त रहेकाले कार्यकर्ताले असहज र अप्ठ्यारो महसुस गरेको बताए। तथापि गुनासो गरेरभन्दा पनि सबै क्रियाशील भएर लाग्दा मात्र यसको समाधान हुने उनको सुझाव थियो ।

उनले भने, ‘‘मैले दशौं अधिवेशनदेखि नै पार्टी विधि र विधानमा चल्नुपर्छ भन्दै आएको छु । महाधिवेशको बेला र चुनावमा टिकटका लागि क्रियाशिलता बढाउने र त्यसपछि चुपलागेर बस्ने प्रवृतिले पार्टीको मूल्य मान्यतामै प्रहार हुने गरेको छ । यस्ता प्रवृतिविरुद्ध आउँदो महाधिवेशनमा कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्छ ।’’

यसअघि कार्यकर्ताहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री सिंहले लोकतन्त्र प्राप्तिपछि हुम्ला जुम्ला जस्ता विकट जिल्लामा पनि विकाश पुगेको बताउँदै आर्थिक वर्ष ०८१/८२ को बजेटमा लोक कल्याणका कार्यक्रमलाई बढी प्राथमिकतामा राख्न आफ्नो प्रयास हुने बताए।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्री, कांग्रेस नेता बजरङ्ग नेपाली, बर्दीबासका वडाध्यक्ष लगायत नेता कार्यकर्ताहरूले जिल्लामा व्याप्त समस्याबारे उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएको थिए। उहाँहरूले कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, बाटोघाटो जस्ता जनतालाई विकाशको प्रत्यक्ष अनुभूति गराउने कार्यक्रममा एक त आवश्यक बजेट नै नदिने, विनियोजित गरिएका बजेट पनि समयमा निकाशा नपठाउने, निकाशाको बेला अनेकन बखेडा झिकेर दिक्क पार्ने सङ्घ र प्रदेश सरकारको हेपाहा प्रवृतिको खुलेर गुनासो पोखनु भएको थियो ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामहरि खतिवडाको टिकट खोसियो, ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...

सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...

महाविर पुनले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending