Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ कस्तो बन्दैछ गोरुसिङ्गे चन्द्रौटा सडक ?

खबरडबली संवाददाता

कपिलवस्तु। सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरुले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ ।

पहिला सबै भत्काएर सडक निर्माण गन्थ्यिो । “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा हाल प्रयोगमा आएको सडकको वायाँ छेउ तर्फको सडक विस्तार हुनेछ । नयाँ बन्ने पुल पनि बायाँ तर्फ निर्माण हुने छ । बायाँ तर्फको निर्माण सकिए पछि हाल प्रयोगमा आएको सडक निर्माणको काम सञ्चालन हुने छ । सडक निर्माण अवधीमा हाल प्रयोग भएको सडकमा यातायात चल्ने छ । बायाँ साइडको सडक तयार भए पछि प्रयोग गरी दाँया तर्फ निर्माण हुने छ । जसले गर्दा सडक प्रयोगकर्तालाई सहज हुने विश्वास गरिएको छ ।

१९ किलोमिटर सडक स्तरोउन्नती गर्न १० अर्ब लाग्ने अनुमान
पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा पर्ने सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका ९ पुलचोकदेखि शिवराज वडा नम्बर ६ उमरी चोकसम्मको १९ किलोमिटर सडक विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको हो । उक्त सडकअन्तर्गत बजार क्षेत्रका ५ किमी सडक ६ लेन र अन्य क्षेत्र ४ लेनको हुने सडक आयोजना कार्यालयका इन्जिनियर जिगेश चौधरीले बताए। सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको बन्ने छ । सडक विस्तारका क्रममा १२ नयाँ पुल निर्माण हुने छ । ६० कल्भर्ट र ११ स्थानमा पाईप कल्भर्ट निर्माण हुने छ । सडकका दुवै छेउमा २।५ मिटरका पैदल मार्ग हुने छन् ।

ट्राफिक कन्ट्रोलका लागी मुख्य चोकमा भेइकुलर अन्डर पास
सवारी साधन र यात्रुको बढी चाप हुने स्थानमा भेइकुलर अन्डर पास निर्माण गर्ने योजना रहेको छ । यो खण्डमा शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा २० मिटर चौडा र ८ सय मिटर लामो भियुपी निर्माण हुने छ । नेपाल भारत सिमामा पर्ने कृष्णनगर जाने सहायक मार्गमा भियुपी निर्माण गरिने छ । जसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक कन्ट्रोलमा सहज हुने छ ।

लामोदूरीका सवारी साधन भियुपीको माथिबाट पास गर्ने छन् । स्थानीय सवारी साधन भियुपीको भित्रबाट चल्ने छन् ।  भियुपीको दायाँ बायाँ २ ओटा पे्रडिस्टीयल अण्डर पास  हुनेछ । यो मानिसहरु सडक आरपार गर्नका लागि डिजाइन गरिएको छ । ६ स्थानमा प्रेडिस्टअल ओभर पास (आकाशे पुल) निर्माण गर्ने योजना रहेको छ ।

वन्यजन्तु र पशुचौपयाका लागि अन्डरपास निर्माण
सडक निर्माण गर्दा वन्यजन्तु र पर्यावरण मैत्री निमाण गरिने छ । वन्यजन्तु र स्थानीयले पालेका पशुचौपाया आउजाउ गर्नका लागी अन्डर पास निर्माण गरिनेछ । ठुला वन्यजन्तु पास हुनका लागि बेलगुर्दुवा र ज्वाई खोलामा संरचना निर्माण गरिने छ । मझौला र साना वन्य जन्तु आउजाउ गर्न ६ वटा अन्डरपास निर्माण हुने छन् । सो क्षेत्रमा वन्यजन्तु र चरा चुरुङ्गीको अवस्था र विचरणको अध्ययन गरी अन्डरपास निर्माण गर्न लागिएको पन्छी विज्ञ कृष्ण भुसालले बताए। एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराइएको छ । डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडक बत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय, सवारी रोक्ने स्थल समेत निर्माण हुने छन् ।

उक्त आयोजना हाल डिजाइन फेजको चरणमा रहेको छ । प्रारम्भिक वातावरणीय प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्ने, सडक निर्माणमा मासिने बोटबिरुवाको गणना अन्तिम चरणमा र वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्था सर्वेको काम सकिएको वातावरणीय विज्ञ युवराज ढकालले बताए। बुद्धभूमि र शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

दक्षिण पूर्वी एसियामा द्रुत गतीको यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको सडकले जिल्लाका उत्पादन, व्यापार, पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो, को कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...

रामहरि खतिवडाको टिकट खोसियो, ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...

सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...

महाविर पुनले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending