काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्यांकमा मात्रै रमाउन नहुने बताए। उनले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे । उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे ।
उद्योगे मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गरे । उनले सरकारको निर्देशन अनुरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलब भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताए ।
उनले बैंक तथा वित्तीय संस्थाहरू सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल,जङ्गल,जमिन,खानी,उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताए । उनले अहिले मानिसहरू पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई फर्काउनु पर्ने अवस्था रहेको बताए ।
मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गरे । उनले सरकारसँगस निजी क्षेत्र,बैंकर्स र उद्योगी व्यवसायीहरुले खोजेका नीतिगत सुधारको अपेक्षा देखिएको बताए । उनले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महसुस गरिरहेको उल्लेख गरे । उनले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताए । उनले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताए । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: