काठमाडौं । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।
प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरूले बिहीबार इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई स्वीकृति दिएको घोषणा गरेको थियो ।
‘नेतन्याहूले मोसाद, शिन बेट र आईडीएफको कार्यकारी स्तरको प्रतिनिधिमण्डललाई दोहामा वार्ता जारी राख्न अनुमति दिनुभएको छ’ प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसैबीच बन्धकका परिवारको प्रतिनिधित्व गर्ने नागरिक, स्वयंसेवकमा आधारित संस्था ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले नेतन्याहूको निर्णयको स्वागत गर्दै ’अवसरको ढोका’ गुम्न नहुने बताएको छ ।
एक्समा इजरायली भाषामा पोस्ट भएको सन्देशमा फोरमले भनेको छ, ‘बन्धक र बेपत्ता परिवार फोरम इजरायली प्रतिनिधिमण्डललाई कतार पठाउने निर्णयको स्वागत गर्दछ। हामीले अवसरको ढोका गुमाउनु हुँदैन । प्रधानमन्त्रीले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिने र टोलीले हरेक बन्धकलाई फिर्ता गर्नेछ ।’
हमास समूहको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइ अझै हुन सकेको छैन । इजरायल र हमास दुबै पक्षले पटक–पटक बन्दी मुक्त गरिरहेका बेला हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुलिक ए वासले अघिल्लो महिना जोशी गाजा क्षेत्रमा जीवित नै रहेको सूचना पाएको र छुटाउन पहल गरिने बताएका थिए ।
गाजा युद्ध र बन्धक सम्झौताका लागि वार्ता हुने भएसँगै विपिन छुट्ने आशा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: