Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

निर्माणाधीन जगन्नाथ भ्यू-टावर गाई भैंसी चराउने थलो बन्दै

खबरडबली संवाददाता

म्याग्दी । पर्यटकीय आकर्षणको सम्भावना बोकेको म्याग्दीको केभहिलमा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेस्थित पर्यटकीयस्थल केभहिल अर्थात् गुफाको डाँडोमा बनाइएको भ्यू-टावर निर्माणले पूर्णता नपाउँदा अलपत्र बनेको हो ।

स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्ने, ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा स्थानीयवासीको समेत आर्थिकस्तरमा सुधार ल्याउने उद्देश्यले भ्यू-टावर निर्माण थालिएको थियो ।

गाजनेको केभहिल आँफैमा पनि भ्यू-टावर हो । तर यहाँ बनाइएको भ्यू-टावरमा पर्यटक जानुको सट्टा अहिले दैनिकजसो भैंसी र बाख्रा चर्ने गर्दछन् । यहाँ घेराबार गरिएको भ्यू-टावर परिसरमा स्थानीयवासीले भैंसी चराउँछन् ।

पर्यटकलक्षित भ्यू-टावर वरिपरी लगाइएको बार भत्काएर दिनहुँजसो भैंसी चराउने गरिएको छ । केभहिल पर्यटकीय क्षेत्र भएकाले वडा कार्यालय र बेनी नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा भ्यू-टावर निर्माण थालिएको थियो ।

भ्यू-टावर निर्माणको केही काम अझै बाँकी रहेको र अहिलेसम्म पनि त्यो कामले पूर्णता पाएको छैन । भ्यू-टावरको काम पूरा नभएकाले स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी समेत नदिँदा यसको संरक्षणमा समस्या आएको हो ।

भ्यू-टावर निर्माणसम्पन्न भई सञ्चालनमा आउनुपर्नेमा अहिलेसम्म अलपत्र बनेको छ । उपभोक्ता समितिको गैरजिम्मेवारीपन, निर्माण व्यवसायीको ढिलासुस्ती र बेनी नगरपालिकाको वेवास्ताले भ्यू-टावर अलपत्र परेको स्थानीयवासीले आरोप लगाएका छन् ।

भ्यू-टावर निर्माणको लागत स्टिमेट तयार एवं निर्माणको क्रममा भएको कमजोरीका कारण भ्यू-टावरमा चारपाँच जना चढ्नेबित्तिकै हल्लिने गर्दछ । एकैपटक धेरै जना चढेको खण्डमा जुनसुकै समयमा पनि भ्यू-टावरमा दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।

केभहिलमा नवनिर्मित भ्यू-टावरको सुरक्षाका लागि बलियो घेराबार लगाउनुपर्ने तथा गेट निर्माण गर्नुपर्ने गाजनेका स्थानीय समेत रहनुभएका जगन्नाथ मन्दिरका अध्यक्ष निलकण्ठ शर्माले बताए ।

भ्यू-टावर बाहिरपट्टी सपोर्टको रुपमा फलामका पोलहरु गाढेर भ्यू-टावरलाई नहल्लिने बनाउन सकिन्छ । आर्थिक वर्ष २०७४-०७५ देखि भ्यू-टावर निर्माण थालिएको भए पनि हालसम्म यस टावरले पूर्णता पाउन सकेको छैन ।

भ्यु-टावर निर्माणमा बेनी नगरपालिकाले १५ लाख र स्थानीय श्रमदान दुईलाख रुपैयाँसहित कुल १७ लाख रुपैयाँको बजेट लगानी भैसकेको छ । आव ०७८-७९ सम्म निर्माण सकिनुपर्ने भ्यू-टावरको काम अहिलेसम्म पनि सकिएको छैन ।

भ्यू-टावर निर्माणका लागि वडा कार्यालय र बेनी नगरपालिकामा ध्यानाकर्षण गराइएको भए पनि कुनै पहल नभएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर बानियाँले गुनासो गर्नुभयो ।

केभहिलमा निर्माणाधीन भ्यु-टावरको कुल ३६ फिट उचाई, १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्यु–टावरमा ६ ओटा ल्याण्डिङ (उक्लने र ओर्लने) भर्‍याङहरु हालिएको छ ।

माथिल्लो भागमा एक पटकमा करिब १५ जना चढेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको भ्यु-टावरको सबै संरचनाहरु स्टिल स्ट्रक्चर अर्थात् (फलाम)को प्रयोग गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

भ्यू-टावर निर्माणमा यसअघि नगरपालिकाले आर्थिक वर्ष ०७४-७५ मा एकलाख, ०७५-७६ मा पाँचलाख, ०७६-७७ मा १० लाख र ०७७-७८ मा थप पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

विनियोजित बजेटका सहयोगमा भू-टावरको झण्डै ९० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ । यस्तै प्रतिक्षालय बनाउनुका साथै घेराबार लगाइएको भए पनि घेराबारतर्फ भने मर्मतसम्भार गर्नुपर्ने देखिन्छ ।

तर थोरै काम बाँकी रहेको अवस्थामा भ्यू-टावरको पूर्णताका लागि आव ०७८-७९ देखि हालसम्म बजेट विनियोजन नहुँदा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको हो ।

बेनी नगरपालिका-५ नम्बर वडाका वडाध्यक्ष गोविन्द बानियाँले पर्यटकीयस्थलमा निर्माणाधीन भ्यू-टावरलाई पूर्णता दिन आवश्यक बजेटको व्यवस्थापन गरेर काम गरिने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending