Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

माओवादीले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान चलाउने

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

देश गहिरो संकटमा पर्न लागेकाले अग्रगामी विचारसहित जनतालाई सुसूचित गर्ने र रुपान्तरणको महान् प्रक्रियामा जाने गरी अभियान सञ्चालन गर्ने निर्णय भएको सापकोटाको भनाइ छ । ‘अब हामीले रूपान्तरण भएर जनताको बिचमा जानुपर्छ भनेर आज हाम्रो पार्टीका अध्यक्षले दुईवटा अभियान चलाउनुपर्छ भन्नुभएको छ । एउटा मदन भण्डारी लोकमार्गलाई आधारित गरेर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित बनाएर ६ महिना जनतामा  जानुपर्छ । जनताले के चाहेका छन्, के खोजेका छन्, जनता के विचार गर्दै छन्, यी समग्र कुराको अध्ययन गरी जनताबाट सिक्ने र सिकाउने गरी रूपान्तरणको एउटा महान् प्रक्रियामा जानुपर्छ भन्ने छ,’ बैठकपछि सापकोटाले भने ।

आजको स्थायी कमिटी बैठकले पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि तय गरेको छ । प्रवक्ता सापकोटाका अनुसार केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेपछि सबै प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्ने छन् । त्यसैगरी, ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेस गर्ने, संगठनात्मक प्रस्तावलगायतका विषयमा आगामी कार्ययोजना प्रस्तुत हुने सापकोटाले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय परिस्थिति द्वन्द्वग्रस्त भइरहेको परिस्थितिमा राष्ट्रिय एकताको खाँचो परेको औँल्याएको छ । साथै, सत्तारूढ गठबन्धनले संविधान संशोधनको विषय उठाइरहेको सन्दर्भमा माओवादीले अग्रगमन र जनताका अधिकारलाई अझ विस्तार गर्न संविधान संशोधन आवश्यक रहेको बताएको छ । 

यद्यपि, संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिएको उल्लेख गर्दै सापकोटाले भने, ‘हाम्राे पार्टीलाई के लागेको छ भने, संविधान जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपर्थ्यो, त्योअनुसार अभ्यास भएको छैन ।’  बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए । 

बैठकले संविधान संशोधनका अन्तर्वस्तु, मुलुकमा देखिएका समस्या र अन्तर्राष्ट्रिय संकटमा दलहरूबीच साझा दृष्टिकोण निर्माणको पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले मुलुकसामू आइलागेको समस्या यथास्थितिमा हल हुन नसक्ने भएकाले राष्ट्रिय दृष्टिकोण आवश्यक परेको बताए । 

‘संविधान संशोधनका लागि अलिकति नयाँ शिराबाट सोच्नुपर्छ । यही यथास्थितिवादी ढंगले राष्ट्रमा देखा परेका समस्याहरू, अन्तर्राष्ट्रियस्तरमा भइरहेका समस्या र चुनौतीहरूको सामना गर्न सकिँदैन,’ सापकोटाले भने, ‘यो चुनौतीको सामना गर्न एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ ।’

उनले राष्ट्रिय दृष्टिकोण निर्माण गर्न संसद्मा भएका र नभएका सबै दलबीच बहसको खाँचो रहेको बताए । ‘देशका सबै पार्टीहरू अझ संसद्मा भएका सबै पार्टीहरूका बीचमा राम्रो, खुला, सीधा, पारदर्शी ढंगले छलफल बहस गरिरहनुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यसका आधारमा एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गरिनुपर्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE