चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएको छन ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे।
महामन्त्री थापाले भने, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।” पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। दानमध्येको ठूलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
सामाजिक काममध्येको महत्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबीच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरुप सम्बन्ध स्थापित हुने बताए। उनले थपे, “रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।”
उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदानको महत्वका बारेमा प्रकाश पारेको थिए। सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायत व्यक्तको उपस्थिति थियो ।
जिल्लामा उपचारका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सङ्घ संस्थाले यहाँ रक्तदानका कार्यक्रम गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १३:३०
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्...
माघ ७ गते, २०८२ - १२:४९
चौतारा। सिन्धुपाल्चोक जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको...
माघ ७ गते, २०८२ - १२:३५
विराटनगर । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले आफ्नो पद र सदस्यता राजीनामा दिएका छन्। उनले झापा–५ बाट उम्मेदवार बनेका रास्वपा का ब...
माघ ७ गते, २०८२ - ११:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...
माघ ७ गते, २०८२ - ११:३०
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...
माघ ७ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...
माघ ७ गते, २०८२ - ११:०२
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...
माघ ७ गते, २०८२ - १०:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...
माघ ७ गते, २०८२ - १०:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...
माघ ७ गते, २०८२ - १०:२३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...




प्रतिकृया लेख्नुहोस्: