Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

खबरडबली संवाददाता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २०२६ का विजेता शान्भिका बज्राचार्य, नामदेन सुब्बा, प्रान्सी तुलाधर र वेदाश्री एल राना ले ९ जुलाई २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै भियतनामको राजधानी हानोईमा आयोजित इन्टरनेशनल फेसन विक २०२६  मा सहभागिता जनाएका थिए।

१३ राष्ट्रका उत्कृष्ट प्रतिस्पर्धीहरूबीच सम्पन्न यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्दै नेपालको शिर विश्वमञ्चमा उच्च बनाएको छ। उनीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, अनुशासन तथा नेपाली कला–संस्कृतिको प्रभावशाली प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शक र निर्णायकहरूको प्रशंसा बटुल्न सफल भएका छन्।

आज हानोईमा सम्पन्न भएको यस अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली बालप्रतिभाको क्षमता र विश्वस्तरीय प्रतिस्पर्धा गर्ने सामर्थ्यलाई पुनः स्थापित गरेको छ। यो उपलब्धि केवल सहभागीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपालको गौरव, सम्मान र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको उपलब्धि बनेको छ। विश्वमञ्चमा नेपालको राष्ट्रिय झण्डा गर्वका साथ फहराउँदै देशको प्रतिष्ठा उँचो बनाउने सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

यस उपलब्धिबारे किड्स एण्ड क्विन नेपालका  नेशनल डाइरेक्टर मोनु शाहले जानकारी दिँदै नेपाली बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राखेकोमा गर्व व्यक्त गरेका छन्। आगामी दिनमा पनि नेपाली प्रतिभालाई विश्वस्तरीय अवसर उपलब्ध गराउँदै नेपालको पहिचानलाई अझ सशक्त रूपमा विश्वसामु स्थापित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending