धरान। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताएको छन ।
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै डा।कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह समेत गरे । सामाजिक सञ्जाल हेर्यो । नकारात्मक र निराशा मात्र देखिन्छ तर देशमा राम्रा काम पनि भएका छन्, कम्तीमा हरेक मिडियाले गाउँ टोलमा भएका राम्रा कुराको पनि समाचार बनाइदिए समाजमा सकारात्मक सन्देश प्रवाह हुन्ने डा।कोइरालाले बताए।
मुलुकमा आर्थिकमन्दीका बिच पनि भौतिक संरचनाको विकासले गति लिएको छ ।'देशमा केही नभएको होइन भइरहेको छ । राम्रो कामलाई नरात्मकताले थिचेको छ' डा।कोइरालाले भने,'नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारबाट जनताले धेरै नै आशा गरेको छ र अहिलेकोे सरकार विशेष परिस्थिति र निश्चित लक्ष्य लिएर बनेको '।
'यो सरकार असफल भयो भने देशमा अराजकता बढ्छ । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र खतरामा पर्छ । यो सरकारलाई असफल हुन छुट छैन' उनले भने। नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले निष्पक्ष र सत्यतथ्यमा आधारित भएर कमल चलाउन पत्रकारहरुलाई आग्रह गरे।
कार्यक्रममा धरान उपमहानगरपालिकाको पुर्व नगरप्रमुख तिलक राई, उपप्रमुख तथा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासङ्घ पूर्वकेन्द्रीय सदस्य अमर खड्का, सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, निवर्तमान सचिव ध्रुव ढकाल, सुनसरीको नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: