काठमाडाैं । 'नेपहपको श्रीपेच–२' को सफलता सङ्गै निर्माता टोलीले 'ब्याटल भूमि' नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । आज बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने 'ब्याटल भूमि'मा सहभागी हुनका लागि www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु ५ लाख रुपैयाँ तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसरहरू प्राप्त गर्नेछन् ।
निर्माता सुदिप पोखरेलले नेपाली समाजमा र्याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्य नजर गर्दै यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।
'ब्याटल भूमि'को निर्देशकमा बिक्रम खनाल रहने छन् भने शो को कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् । कार्यक्रमको मुख्य निर्णायकमा मानस घले रहनेछन् भने उनलाई विभिन्न एपिसोडमा गेस्ट जजले पनि साथ दिनेछन् । साथै ‘नेपहपको श्रीपेच–२’ का उत्कृष्ट प्रतियोगी मनिष ढकाल 'मेक'लाई कार्यक्रम संचालकको भूमिकामा देख्न पाइनेछ । कार्यक्रमको मुख्य सहायक निर्देशकको रूपमा सुशान्त कटवाल रहेका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको 'ब्याटल भूमि'को डिजिटल अडिसन पुस २६ गते सम्म खुल्ला रहनेछ । कार्यक्रमको डिजिटल पार्ट्नरको रूपमा ओ.यस.आर रियालिटी र भोटिङ्ग पार्टनरको रूपमा एभेन्टोज रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: