काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
गीतेन्द्रबाबु(जिबी) राईको समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मी सहकारीको ठगीमा प्रहरीले ४४ जनाको संलग्नता औँल्याएको छ । जसमध्ये दुईजना प्रहरी हिरासतमा छन् । ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनीता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन थालेको हो । सुनीतालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने हुन्छ ।
बचतकर्ताहरूले एक अर्ब १८ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएका छन् । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको ठगीमा ४४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । जसमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन्। हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंमा पनि मुद्दा दायरको तयारी छ । करिब एक महिनाअघि पोखराबाट ल्याएर उनीहरूको प्रहरीले काठमाडौंमा बयान लिएको थियो ।
सो सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानुनी रूपमा पैसा गएको थियो । सो पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ । काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाउन लागिएको छ । ‘पहिलो चरणको अनुसन्धान टुंगिएको छ,’ परिसरका एक अधिकारीले भने, ‘बुधबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।’ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: