Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

हुम्लाको सार्केगाड पालिका अध्यक्ष रोकायासमेत गरी पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

खबरडबली संवाददाता

काठमाडाैं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासमेत पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो ।

यस मुद्दामा गाउँपालिका उपाध्यक्ष जोसी धामी, लेखापाल पूर्णप्रसाद आचार्य, इञ्जिनियर रामराज शाही र सब ओभरसियर पदमबहादुर धामीले सफाइ पाएका छन् । अध्यक्ष रोकाया कोइलिङ कृषि तथा पशुपालन फर्मका सञ्चालकसमेत हुन् । उनलाई र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई दुई वर्ष कैद र नाै लाख ७५ हजार रुपैयाँ जरिवाना हुने सँजाय सुनाइएको छ । साथै दुवैबाट बिगो असुलउपरसमेत हुने फैसलामा उल्लेख छ । 

विशेषका अनुसार हंश रोकाया, सेतु रोकाया र तुलाराज रोकाया पनि दोषी पाइएका छन् । उनीहरु तीनै जनाले मतियारको कसुर गरेको भन्दै मुख्य प्रतिवादीभन्दा आधा सँजाय सुनाइएको छ । उनीहरुलाई जनही एक वर्ष कैद र चार लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना हुने भएको छ । तर, बिगो बराबरको रकम असुलउपर भइसकेका कारण उनीहरुबाट उक्त रकम भराइरहन नपर्ने फैसलामा छ । 

गाउँपालिका अध्यक्ष रोकाया आफू निर्णयकर्ताका रुपमा सार्वजनिक पदमा रहँदा नै आफ्नै निजी जग्गामा रहेको आफैले सञ्चालन गरेको कृषि फर्मको घेरबार निर्माणका लागि बजेट छुट्याएको भेटिएको थियो । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा क्रमशः नाै लाख ५० हजार र १० लाख रुपैयाँ छुट्याइएको अनुसन्धानले देखाएको थियो । आफ्नै फर्ममा घेरबारको लागि बजेट विनियोजन गरेका उनले गलत कार्यको ढाकछोपका लागि आफ्नै परिवारका सदस्यहरुलाई उपभोक्ता समितिमा राखेका थिए । 

गाउँपालिका अध्यक्षले आफ्ना सहोदर दाजु हंश रोकायालाई अध्यक्ष, श्रीमती सेतुलाई कोषाध्यक्ष र तुलराजलाई सचिव बनाएका थिए । पर्खाल लगाउने योजनाको अनुगमन समितिबाट अनुगमन भएको प्रतिवेदनसमेत बनाएर भए गरेको कार्यभन्दा बढीको भुक्तानी नगरपालिकाबाट लिएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा यसै वर्ष २३ असारमा मुद्दा दायर गरेकोमा आंशिक ठहरको फैसला भएको हो । विशेषका अनुसार निजी जग्गामा कृषि फर्म दर्ता गरी सो फर्म मात्र प्रतिस्पर्धामा छनौट हुनेगरी कृषि अनुदान लिएको, सुनियोजित रुपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेको भन्दै सजाय सुनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending