Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

हुम्लाको सार्केगाड पालिका अध्यक्ष रोकायासमेत गरी पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

खबरडबली संवाददाता

काठमाडाैं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासमेत पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो ।

यस मुद्दामा गाउँपालिका उपाध्यक्ष जोसी धामी, लेखापाल पूर्णप्रसाद आचार्य, इञ्जिनियर रामराज शाही र सब ओभरसियर पदमबहादुर धामीले सफाइ पाएका छन् । अध्यक्ष रोकाया कोइलिङ कृषि तथा पशुपालन फर्मका सञ्चालकसमेत हुन् । उनलाई र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई दुई वर्ष कैद र नाै लाख ७५ हजार रुपैयाँ जरिवाना हुने सँजाय सुनाइएको छ । साथै दुवैबाट बिगो असुलउपरसमेत हुने फैसलामा उल्लेख छ । 

विशेषका अनुसार हंश रोकाया, सेतु रोकाया र तुलाराज रोकाया पनि दोषी पाइएका छन् । उनीहरु तीनै जनाले मतियारको कसुर गरेको भन्दै मुख्य प्रतिवादीभन्दा आधा सँजाय सुनाइएको छ । उनीहरुलाई जनही एक वर्ष कैद र चार लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना हुने भएको छ । तर, बिगो बराबरको रकम असुलउपर भइसकेका कारण उनीहरुबाट उक्त रकम भराइरहन नपर्ने फैसलामा छ । 

गाउँपालिका अध्यक्ष रोकाया आफू निर्णयकर्ताका रुपमा सार्वजनिक पदमा रहँदा नै आफ्नै निजी जग्गामा रहेको आफैले सञ्चालन गरेको कृषि फर्मको घेरबार निर्माणका लागि बजेट छुट्याएको भेटिएको थियो । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा क्रमशः नाै लाख ५० हजार र १० लाख रुपैयाँ छुट्याइएको अनुसन्धानले देखाएको थियो । आफ्नै फर्ममा घेरबारको लागि बजेट विनियोजन गरेका उनले गलत कार्यको ढाकछोपका लागि आफ्नै परिवारका सदस्यहरुलाई उपभोक्ता समितिमा राखेका थिए । 

गाउँपालिका अध्यक्षले आफ्ना सहोदर दाजु हंश रोकायालाई अध्यक्ष, श्रीमती सेतुलाई कोषाध्यक्ष र तुलराजलाई सचिव बनाएका थिए । पर्खाल लगाउने योजनाको अनुगमन समितिबाट अनुगमन भएको प्रतिवेदनसमेत बनाएर भए गरेको कार्यभन्दा बढीको भुक्तानी नगरपालिकाबाट लिएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा यसै वर्ष २३ असारमा मुद्दा दायर गरेकोमा आंशिक ठहरको फैसला भएको हो । विशेषका अनुसार निजी जग्गामा कृषि फर्म दर्ता गरी सो फर्म मात्र प्रतिस्पर्धामा छनौट हुनेगरी कृषि अनुदान लिएको, सुनियोजित रुपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेको भन्दै सजाय सुनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending