Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौं। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तत्कालीन गाउँपालिका अध्यक्ष  दीर्घ नारायण अर्यालसहित १२ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले आर्थिक वर्ष २०७५र७६ र २०७६र७७ मा स्थानयी बजार क्षेत्रको बाटोमा गुणस्तरहीन ढलान कार्य गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको जानकारी दिए।  

तत्कालीन गाउँपालिका अध्यक्ष अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन इन्जिनियर नबिन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम। इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर भएको छ ।

गाउँपलिकाका अध्यक्ष अर्याल र इन्जिनियर थापामाथि ३५ लाख ३९ हजार बिगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक बिगो मागदाबी गरेको छ ।

सहायक प्रवक्ता थपलियाले उनीहरुले बाटोको कमसल काम गरेर दुई फरक ठाउँमा क्रमशः २७ लाख पाँच हजार ११ रुपियाँ र आठ लाख ३४ हजार ३२० रुपियाँ भ्रष्टाचार गरेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमालेका नेता रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...

शेखर कोइरालाले गरे आफूनिकट नेतासँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिएको आन्तरिक विवादका विषयमा आफूनिकट नेताहरू तथा कार्यकर्तासँग छलफल गरेका छन्। क...

काठमाडौँ–२ बाट उम्मेदवारी दिने राप्रपाकी कुन्ती पोखरेलको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेद...

सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा जानुपर्छ: मन्त्री खरेल

चितवन। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चार माध्यममा काम गर्नेहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताएको छन् । चितवनको भरत...

समानुपातिक उम्मेदवारीबाट सचिन ढकालले लिए नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष स...

सेनाले गर्याे शङ्कास्पद वस्तु निष्क्रिय

दमक। झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले नि...

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन...

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending