महोत्तरी । परीक्षा बिग्रिएपछि ३ जना छात्राले एकै साथ विष सेवन गरेका छन् । महोत्तरीको खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ३ किशोरीले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विष सेवन गर्ने मध्ये २ जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् भने एक जना बेपत्ता रहेकी छन् ।
बर्दिबास नगरपालिका–१० निर्मल लामा बहुप्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत ३ छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा २ जना फेलापरेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
परीक्षा बिग्रिएपछि ३ जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरेलले बताए । फेला परेका दुई जनाको अवस्था सामान्य रहेको र दुवै जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको उनले बताए । ३ जना मध्ये बढी मात्रामा विष सेवन गर्ने छात्राको खोजी भइरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: