Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत : महासचिव पोख्रेलल

खबरडबली संवाददाता

घोराही। नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताएको छन ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार घोराहीमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूलाई सम्मान एवं बधाई ज्ञापन कार्यकमललाई सम्बोधन गर्दै महासचिव पोख्रेलले निश्चित उद्देश्य पूरा गर्नका लागि बनेको गठबन्धन वर्तमान गठबन्धन नढल्ने बताएको हो ।  पोख्रेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी काँग्रेस र एमालेलाई  असफल हुने छुट नरहेको बताए।

अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको भन्दै महासचिव पोख्रेलले सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढिरहेको बताए। उनले भने, संकट समाधान गर्न संवेदनशील छन् । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ ।

सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताउँदै लगानी गर्न नडराउन समेत लगानीकर्तालाई आग्रह गरे।

महासचिव पोख्रेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको बताउदै भने, विगतको तुलनामा अहिले धेरै सुधार भएको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिना भित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जादै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।झ

परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि नबढ्ने बताउनुभयो  विगतमा जुन अवस्था रह्यो । त्यस्तो अवस्था आउन नदिने गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउछौं , महासचिव पोख्रेलले भन्नुभयो, तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेका छौँ । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै महासचिव पोख्रेलले राजनीति घाम छाँया नरहेको स्पष्ट पारे।

महासचिव  पोख्रेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेको थियो  । संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हाबी बढेको भन्दै महासचिव पोख्रेलले भन्नुभयो, तथ्यहिन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारितालाई बलियो बनाउने गरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाएर पत्रकार भन्ने गलत अभ्यास हुनु हुँदैन, यो राम्रो होइन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending