Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु

खबरडबली संवाददाता

सियोल । युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार जनाएको छ । प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ र उनीहरू प्राय कुस्र्क सीमा क्षेत्रमा तैनाथ छन् । 

कुस्र्क अगस्टमा युक्रेनले नियन्त्रणमा लिएको रूसी क्षेत्र हो । उत्तर कोरियाली सैनिकमध्ये एक जनालाई युक्रेनी सेनाले बिहीबार जीवितै नियन्त्रणमा लिएको दक्षिण कोरियाली गुप्तचर स्रोतले एएफपीलाई जानकारी दिएको छ । 

कुस्र्कमा तैनाथ उत्तर कोरियाली सैनिक समातिएको केही घण्टापछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले ती सैनिकको मृत्यु भएको जनाएको हो । दक्षिण कोरियाली गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डिसेम्बर २६ मा जीवितै पक्राउ परेका उत्तर कोरियाली सैनिकको गम्भीर चोटका कारण मृत्यु भएको छ ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनामा सामेल भएका करिब तीन हजार उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको बताएका थिए । दक्षिण कोरियाको गुप्तचर सेवाले यसअघि हताहत (मृत्यु वा घाइते हुने) उत्तर कोरियाली सैनिकको सङ्ख्या एक हजार रहेको बताएको थियो । 

दक्षिण कोरियाली अधिकारीले युद्धभूमिको अपरिचित वातावरण र ड्रोन आक्रमणको सामना गर्ने क्षमताको कमीका कारण मृत्यु हुने उत्तर कोरियाली सैनिकको सङ्ख्या उच्च हुन सक्ने बताएका छन् । दक्षिण कोरियाली गुप्तचर निकायको जानकारीपछि गत साता बोल्दै सांसद ली सियोङ–क्विनले प्योङयाङका सैनिकलाई ‘प्रयोग गर्न सकिने अग्रपङ्तीमा खटाइएको’ बताएका थिए । 

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । गत जुन महिनामा प्योङयाङ र मस्कोबीच हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यसै महिना लागू भएको थियो र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘सफल दस्तावेज’ को संज्ञा दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: