ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
आँपपानी युवा क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै यही पुस २५ देखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । क्लबका अध्यक्ष प्रेमबहादुर लिम्बूले माघेनी मेलाको अवसरमा चाँगेको नेसुममा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
लिम्बूका अनुसार प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११ रुपियाँँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले ५५ हजार ५११ रुपियाँ नगद पुरस्कारसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सल्लाहकार उदय आङ्बुहाङले जानकारी दिए ।
सल्लाहकार आङ्बुहाङका अनुसार फुटबल प्रतियोगितासँगै राष्ट्रिय कलाकारको सहभागितामाा साङ्गीतिक कार्यक्रमसमेत हुने छ । माघेनी मेलाको अन्तिम दिन अर्थात माघ १ गते कलाकारहरु रचना रिमाल, सविना योङ्हाङ, कञ्चन थलङ, खगेन्द्र यक्सो, लीला राई लगायतको सहभागितामा साङ्गीतिक कार्यक्रम हुने छ ।
यसैगरी साँस्कृतिक कार्यक्रममा मौलिक संस्कृतिलाई प्राथमिकता दिइने र आफ्नो प्रस्तुतिसहित सहभागी हुनेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ । मौलिक संस्कार संस्कृतिको उजागरसँगै स्थानीय युवाको खेलप्रति रहेको उत्साह र जोसलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघेनी मेलामा खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका सल्लाहकार आङ्बुहाङले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: