प्युठान । झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसकेका छन् । ३२ रोपनी क्षेत्रफलमा रहेको सुन्तला बगैँचाबाट पोख्रेलले वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् ।
गत वर्ष सुन्तला बिक्री गरेर छ लाख रुपियाँ आम्दानी गरेको पोख्रेलले बताए । “अहिले गतसाल भन्दा धेरै राम्रो फलेको छ,” पोख्रेलले भने, “टिपेर बिक्री गर्नमै व्यस्त छु ।” बगैँचाबाट ८० रुपियाँ प्रति केजी बिक्री गर्दै आएको उनले बताए ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ छेपानेका रविलाला रोका मगरले २० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । छ रोपनी क्षेत्रफल जग्गामा रहेका करिब तीन सय बोटमा वर्षेनी फल्ने सुन्तला बिक्री गरेर नै उनको परिवारको गुजारा चलेको छ । “वार्षिक रूपमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा राख्ने गरेको छैन,” रविलालले भने, “परिवारको खर्च यसैबाट चलेको छ ।” पकेट क्षेत्रको रूपमा रहेको यस क्षेत्रमा पछिल्लो समय खेती विस्तार हुँदै गएको उनि बताउँछन् । गाउँमा ३५ परिवारले सुन्तला र कमला खेती गर्ने गरेको उनको भनाइ छ ।
सोही ठाउँकै जिना कुमारी घर्तिमगरको पनि बगैँचामा दुई सय बोट सुन्तला छन् । उत्पादन भएका सुन्तला किन्न ग्राहक गाउँमै आउने उनले बताए । अहिले गाउँसम्म मोटर बाटो समेत पुगेको छ । जसले गर्दा व्यापारीहरू गाउँमा पुगेर खरिद गर्ने गर्दछन् । प्युठान नगरपालिका–१० छेपाने, झिमरुक गाउँपालिका–५ चुँधारा, झिमरुक गाउँपालिका–७ तुषारा, स्वर्गद्वारी नगरपालिका–२ धनवाङ सुन्तला खेतीका लागि पकेट क्षेत्र हुन । दुई सय ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए ।
यस वर्ष दुई हजार चार सय ६७ मेट्रिकटन सुन्तला उत्पादन भएको श्रेष्ठले बताए । अघिल्लो वर्ष दुई हजार ३३५ मेट्रिकटन सुन्तला उत्पादन भएको श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: