Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्युठानमा सुन्तला उत्पादनमा वृद्धि

खबरडबली संवाददाता

प्युठान । झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसकेका छन् । ३२ रोपनी क्षेत्रफलमा रहेको सुन्तला बगैँचाबाट पोख्रेलले वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् । 

गत वर्ष सुन्तला बिक्री गरेर छ लाख रुपियाँ आम्दानी गरेको पोख्रेलले बताए । “अहिले गतसाल भन्दा धेरै राम्रो फलेको छ,” पोख्रेलले भने, “टिपेर बिक्री गर्नमै व्यस्त छु ।” बगैँचाबाट ८० रुपियाँ प्रति केजी बिक्री गर्दै आएको उनले बताए । 

त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ छेपानेका रविलाला रोका मगरले २० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । छ रोपनी क्षेत्रफल जग्गामा रहेका करिब तीन सय बोटमा वर्षेनी फल्ने सुन्तला बिक्री गरेर नै उनको परिवारको गुजारा चलेको छ । “वार्षिक रूपमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा राख्ने गरेको छैन,” रविलालले भने, “परिवारको खर्च यसैबाट चलेको छ ।” पकेट क्षेत्रको रूपमा रहेको यस क्षेत्रमा पछिल्लो समय खेती विस्तार हुँदै गएको उनि बताउँछन् । गाउँमा ३५ परिवारले सुन्तला र कमला खेती गर्ने गरेको उनको भनाइ छ ।

सोही ठाउँकै जिना कुमारी घर्तिमगरको पनि बगैँचामा दुई सय बोट सुन्तला छन् । उत्पादन भएका सुन्तला किन्न ग्राहक गाउँमै आउने उनले बताए । अहिले गाउँसम्म मोटर बाटो समेत पुगेको छ । जसले गर्दा व्यापारीहरू गाउँमा पुगेर खरिद गर्ने गर्दछन् । प्युठान नगरपालिका–१० छेपाने, झिमरुक गाउँपालिका–५ चुँधारा, झिमरुक गाउँपालिका–७ तुषारा, स्वर्गद्वारी नगरपालिका–२ धनवाङ सुन्तला खेतीका लागि पकेट क्षेत्र हुन । दुई सय ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । 

यस वर्ष दुई हजार चार सय ६७ मेट्रिकटन सुन्तला उत्पादन भएको श्रेष्ठले बताए । अघिल्लो वर्ष दुई हजार ३३५ मेट्रिकटन सुन्तला उत्पादन भएको श्रेष्ठले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending