उदयपुर । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा एमाले केपी शर्मा ओली नेतृत्वकाे सरकार ढले अफुहरुकाे लागि राम्रै हुने बताएका छन् । खतिवडाले एमाले नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताउँदै छिट्टै ढल्ने बताउँदै भने, ‘ओली सरकारको आयु मैले देखेको छैन ।’
उनले केपी शर्मा ओलीको आफ्नै वितण्डाले, सर्वसत्तावादी चरित्रले यो सरकार ढल्ने छेउमा पुगेको दाबी गरेका छन् । उनले भने, ‘हिजो अस्ती हाम्रो पार्टी फुटाउन अध्यादेश ल्याउन खोज्ने ओलीको सरकार ढले हाम्रो लागि राम्रै हुन्छ ।’
शनिबार उदयपुरको कटारीमा पार्टीको संघीय निर्वाचन क्षेत्र नं २ मा अगुवा कार्यकर्ता भेलामा बोल्दै खतिवडाले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टी एमाले अब ‘बा’को पार्टी भएको टिप्पणी पनि गरेका छन् ।
उपाध्यक्ष खतिवडाले भने, ‘नेकपा एमाले ‘बा’को पार्टी हो । सबैले ‘बा’को पार्टी भन्छन् । बाको पार्टी भित्रभित्रै धरमर–धरमर गर्दै छ । भीम रावललगायत तीनजना नेतालाई कारवाही गरेको घटनाले अहिले ओलीको पार्टीको जग नै हल्लिन लागेको छ ।’ रावललाई कारवाही गर्दा मनमा दुःख लागेको उल्लेख गर्दै उनले भने, ‘भीम रावललाई कारवाही गर्यो ठिकै गर्यो। त्यो पार्टीमा बस्नै नहुने थियो । उहाँ बसिरहनु भएको थियो ।’
अबका दिनमा नेकपा एमाले घट्ने क्रममा रहेको बताउँदै उनले एकीकृत समाजवादी बढ्ने दाबी गरे । उनले भने, ‘एमालेमा गुटबन्दी चरम ढंगले बढेको छ । अहिले केपी ओलीको धाकधम्कीले एमालेका नेताहरु बोल्न नसक्ने अवस्थामा छन् । एमालेमा भित्रभित्रै असन्तुष्टी बढेर गइरहेको छ । तलसम्म यसको असर परेको छ ।’
उनले अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने उद्घोष पनि गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: