उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहामा अगामी माघ १५ गतेबाट दशौं संस्करणको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
यसअघि गत असोजमा हुने भनिएको प्रतियोगिता बाढीपहिरोका कारण रोकिएको थियो । २००७ सालका क्रान्ति योद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ ।
बसाहा क्लबका अध्यक्ष गौतम राईले भने, ‘गएको असोज १७ गते गोल्डकप आयोजना गर्न लागिएको थियो । तर असोज १६ गते आएको बाढी पहिरोको कारण रोकियो । पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकेकाले क्लबको बैठकले पूर्वमन्त्रीसमेत रहेका स्व. नारदमुनी थुलुङ राइको माघ २२ गते पर्ने स्वर्गारोहणको मितिलाई लक्षित गरी माघ १५ गतेदेखी दशौं संस्करणको नारदमुनी गोल्डकप सुरु गर्ने निर्णय गरेका छौं ।’
अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा यसअघि असोज १७ गतेका लागि तय गरिएका टिमहरु आयोजक बसाहा क्लब, साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सलेहस क्लब सिराहा र सङ्कटा एफसी काठमाडौंले नै सहभागिता जनाउने बताइएको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख २५ हजार पाउनेछन् । प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याचसहित फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजारसहित प्रमाण पत्र र मेडलले सम्मान गरिने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: