Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुग्दै शेखर कोइराला

खबरडबली संवाददाता

माेरङ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला जनताको घरदैलोमै पुगेर समस्या र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले जनताको घरदैलोमै पुगेर समस्या र सुझाव लिने क्रमलाई विगतमा भन्दा बाक्लो बनाएका हुन् । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साथैमा लिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने क्रमलाई सांसद कोइरालाले तीव्रता दिएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका कोइराला यसअघि पनि निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेर उनीहरूका विभिन्न समस्याहरू समाधान गर्दै आएका थिए । कोइराला पार्टीका विभिन्न कार्यक्रममा देश दौडाहामा हुँदा क्षेत्रमा कम आउने गरेको गुनासो थियो । 

दसैं-तिहारयता भने सांसद कोइराला काठमाडौंमा भन्दा विराटनगरमै बढी बस्न थालेका छन् । पार्टीको कार्यक्रम सकेर उनी विराटनगर नै फर्किने गरेका छन् । केही दिनअघि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएर नेता कोइराला पुनः विराटनगर फर्किए ।

बिहीबार सांसद कोइरालाले विराटनगर-१२ को बखरी क्षेत्रका स्थानीयसित भेटघाट गरे । भेटघाटका क्रममा कोइरालासित स्थानीयले सडक र नाला निर्माणसँगै डुबान समस्या समाधान गर्न माग गरेका थिए । उनीहरूले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, लागूऔषध नियन्त्रणलगायतका विषय पनि उठाएका थिए । 

सांसद र मेयर घरदैलोमै आएर जनताका समस्या सुन्नु निकै खुसीको कुरा भएको स्थानीय सहदेव चौधरीले बताए । तत्कालै पूरा नभए पनि आफ्ना समस्या सुनिदिएकोमा मनै हलुंगो भएको उनको भनाइ थियो । शिक्षक ओम आचार्यले सबै जनप्रतिनिधिहरू जनताको घरदैलोमा पुग्दा जनता आशावादी हुने प्रतिक्रिया दिए । जितेपछि नाकमुख नदेखाउने प्रवृत्तिले नेताप्रति जनताको वितृष्णा जाग्नुका साथै निराश पनि हुने गरेको उनको टिप्पणी थियो । 

जनताको गुनासो सुनेपछि सांसद कोइरालाले धेरै निराश नहुन आग्रह गरेका थिए । उनले स्थानीयस्तरबाट हुने काम गर्नकै लागि पनि मेयरलाई साथैमा लिएर आएको प्रस्टीकरण दिएका थिए । उनले फाहोर व्यवस्थापनका लागि आफूले पहल गरिरहेको जानकारी दिए । मेयर कोइरालाले महानगरभित्र अहिले धेरै काम भइरहेको दाबी गरे । उनले राजवंशीचोक पश्चिम पुलचोकदेखि सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा कालोपत्रे गर्ने काम सुरू भइसकेको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: